Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

Chairperson Message

binita-wagle
दलित महिला अधिकार मंच नेपालले गरेका विभिन्न गतिविधीलाई समेटेर बार्षिक प्रगती प्रतिवेदन प्रकाशन गर्न लागीरहेकोमा हामी गर्व गर्दछौ । यसमा संस्थाले गरेका कार्यहरु जो महिला अधिकार,मानव अधिकारका सवालहरु को अवस्था बारे जानकारी दिने प्रयास गरिएको छ ।महिला अधिकार,मानव अधिकार संवद्धन र संरक्षण गर्नका लागी दलित महिला अधिकार मंच स्थापना भएको हो । संस्था स्थापना भएको आठौं बर्षमा प्रवेश गरेको छ । महिलाहरु पनि यो देशका नागरिक हुन् । अझै पनि राज्यले महिलाहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरि रहेको छ । राज्यको हरेक संरचनामा महिलाहरुको नितीगत रुपमा अर्थपुर्ण सहभागीता हुन सकिरहेको छैन र त्यसैले उनिहरुले पनि स्वतन्त्र र सम्मानपुर्वक बाँच्न पाउने हरेक नागरिकको चाहना हुन्छ । मानव अधिकार उपभोग गर्न पाउनु हरेक नागरिको अधिकार हो । पछाडी पारिएका समुदायलाई विकासको प्रमुख बाहकका रुपमा हेरिनु पर्दछ । राज्यको मुल प्रवाहमा ल्याउन निती तय गरि लागु गर्नु पर्दछ । महिला अधिकार, मानव अधिकारका लागी राष्ट्यि अन्तराष्ट्यि थुप्रै दस्तावेज हरु छन् तर ब्यवहारिक कार्यान्वय…

News