Dalit Women Right Forum (DWRF) NEPAL

Dhangadhi, Estd 2064

Message from chairperson

लित समुदायको प्रतिनिधित्व गर्ने केही प्रतिबद्ध महिला समाजसेवी र अधिकारकर्र्मीहरूको पहलमा दलित महिला अधिकार मञ्च को स्थापना सन् २००८ मा कैलाली जिल्लामा भएको हो । हाल यो संस्थाले नेपालको मुख्यगरी सुदूरपश्चिम प्रदेश कैलाली जिल्लामा रहेका महिला तथा दलितको सवालमा काम गर्ने एक अग्रणी संस्थाको रुपमा आफुलाई स्थापित गरेको छ । यो संस्थाले विषेश गरि सामाजिक, आर्थिक, सांस्कृतिक, नागरिक र राजनीतिक अधिकारबाट बञ्चित सीमान्तकृत तथा दलित समुदायका किशोरी, महिला र बालबालिकाहरू सँग काम गर्दै सामाजिक रुपान्तरण गर्दै उनिहरुको वोकालत पैरवि र राज्यको स्रोत साधनमा पहुँच अभिवृद्धि गरेको छ । जातिय तथा लैङ्गिक विभेद विरुद्धको क्षेत्रमा काम गर्दै जनचेतना, वकालत तथा पैरवी र लक्षित समुदायको क्षमता अभिवृद्धिको माध्यमबाट महिला, बालबालिका, दलित लगायत अन्य सिमान्तकृत समदाय विरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाको उन्मुलन गरी दिगो तथा समावेशी शासन पद्धतिको स्थापना गर्नुनै यो संस्थाको मुख्य लक्ष्य रहेको छ
यो संस्था विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदारहरु र स्थानिय तथा प्रदेश सरकारहरुसंगको सहकार्यकामा सीमान्तकृत तथा दलित समुदायका महिला र बालबालिकाहरूको शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, न्यायमा पहुँच, लैङ्गिक समानता र सामाजिक समावेशीकरण जस्ता विषय तथा सवालहरुमाथि सक्रिय भइ काम गर्दै आइरहेको छ । । हाम्रो यस उदेश्यलाई पुरा गर्नको लागी प्रत्यक्ष र अप्रत्क्ष रुपमा सहयोग गर्दै आउनु भएका सम्पुर्ण सरोकारवालाहरुलाई धन्यवाद दिन चाहन्छौ ।

सावित्रा घिमिरे
कार्यकारी निर्देशक