Dalit Women Right Forum (DWRF) NEPAL

Dhangadhi, Estd 2064

दलित महिला अधिकार मञ्चद्वारा सेनेटरी प्याड सहित खाद्यन्न सहयोग

  June 28, 2020

धनगढी, २६ चैत । दलित महिला अधिकार मञ्च नेपालले कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाका विपन्न, महिला, सुत्केरी तथा गर्भबति महिलाहरुको आवश्यकतामा अधारित सामाग्री सहयोग गरेको छ ।

मञ्चले कोरोना भाइरस कोभिड–१९ ले उत्पन्न महामारीको कारण सिंग मुलुक नै बन्दाबन्दी भएको अवस्थामा दैनिक ज्यालादारी गर्ने विपन्न परिवारहरुको लागि कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवालाई खाद्यन्नसंगै सो सामाग्री हस्तान्तरण गरेको हो ।

दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा धिमिरेले भनिन् ‘बन्दाबन्दी भएको बेला महिलाहरुलाई चामल दाल मात्रै खाएर पुग्दैन उनीहरुलाई आवश्यकतामा अधारित सामाग्रीहरुपनि चाहिन्छ । जसले गर्दा हाम्रो संस्थाले महिनावारी भएको बेला प्रयोग गरिने सेनेटरी प्याडपनि राहत प्याकेजमा राखेका छौं ।’

सरकारले उपलब्ध गराएको राहत लैगिंक मैत्री बताइन् । उनले यस्तो अवस्थामा सुत्केरी तथा गर्भवति महिलाहरुलाई पौष्टिक आहार नपाइएको बताउदै ‘हामी सुत्केरी महिलाहरुकोलागि अण्डा पनि उपलब्ध गराएका छौं ।’

मञ्चले गरेको सहयोग थोरै भएपनि लैंगिक मैत्री होस् भन्ने उदेश्यले सो सामाग्री दिएको हो साथै सरकारलाई पनि ध्यानकार्षण गराउन जरुरी रहेको उनले बताईन् ।

सो संस्थाले कैलारी गाउँपालिकामा चामल ५०० कि।ग्रा।, तेल १२० लिटर, साबुन २४० पिस, सेनेटरी प्याड १३३, अण्डा ३०० वटा हस्तान्तरण गरेका होे । यस्तै भोली गौरीगंगा नगरपालिकालाई पनि ५०० किलो चामल, ८० दिटर तेल, साबुन १६० पिस, अण्डा ७५० वटा र ८० पिस सेनेटरी प्याड उपलब्ध गराउने जनाएको छ । उक्त राहतमा डिसिएको आर्थिक सहयोग रहेको छ ।

अध्यक्ष घिमिरेले यस्तो बन्दाबन्दीको बेला राहतलाई लैंगिक मैत्री बनाउन प्रत्येक स्थानीय सरकारमा सिस्टम बसाल्न जरुरी रहेको बताईन् । उनले दुईवटा स्थानीय तहमा मात्रै राहत सहयोग गरेर नहुने भएकोले दास्रो चरण प्रत्येक स्थानीय तहमा २५ देखि ३० हजार बराबरको सेनेटरी प्याड मात्रै भएपनि सहयोग गर्ने प्रतिबद्धता जनाईन् । केर्नीन्यूजबाट