Dalit Women Right Forum (DWRF) NEPAL

Dhangadhi, Estd 2064

होम क्वारेन्टिनको योजना ल्याएक छौं : नगरप्रमुख

  June 28, 2020

कैलाली, २ असार । लम्की चुहा नगरपालिका १ को शहीद स्मारक माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा बस्दै आएकी एक महिला सामुहिक बलात्कारको घटना पछि नगरपालिकाले होम क्वारेन्टिनको योजना बनाउन बाध्य भएको बताएको छ ।

दलित महिला अधिकार मञ्च नेपालका पदाधीकारीहरु मंगलबार घटनाबारे सत्य तथ्य बुझ्न स्थलगत अवलोकनको क्रममा नगर प्रमुख महादेव बज्जगाँईले यस्तो बताएका हुन् ।

मञ्चका अध्यक्ष सावित्र घिमिरेको नेतृत्वमा लम्की पुगेको टोलीले नगरपालिकाका नगर प्रमुख र उप–प्रमुखलाई भेटेर सम्बाद समेत गरेका थिए । साथै शहीद स्मारक माध्यमिक विद्यालयको क्वारेन्टिन अवलोकन गरका हुन् ।

अध्यक्ष घिमिरेले क्वारेन्टिनमा भएको घटना प्रति घोर भत्र्सना गर्दै सत्य तथ्य छानविन गरि दोषीलाई कानूनी कार्बाहीको माग समेत गरिन् । उनले पीडित महिलाको पुर्नस्थापनासंगै हाल क्वारेन्टिनमा बस्दै आएका महिलाहरुको सुरक्षा व्यवस्थापन बारे सम्बाद गरेका थिईन् ।

 

उनले लम्की चुहा नगरपालिका १ को शहीद स्मारक माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा बस्दै आएकी एक महिला ३१ जेठमा सामुहिक बलात्कार भएको घटनाप्रति सत्य तथ्यबारे जानकारी लिन दलित महिला अधिकार मञ्चको टोली स्थलगत पुगेको जानकारी समेत दिईन् ।

नगरपालिकाका नगर प्रमुख बज्जगाँईले घटनाबारे जानकारी पाउँनसाथ तुरुन्त कार्यपालिकाको बैठक बसी बृहट छलफल गरेको बताए । उनले पीडित महिलालाई पुर्नस्थापनाको लागि नगरपालिकाले सक्दो सहयोग गने योजना बनाईरहेको बताए ।

उनले लम्की चुहा नगरपालिकामा मात्रै चार हजार नागरिक भारतको वभिन्न ठाउँबाट आएको बताउँदै अहिले १६१५ पुरुष र ३२९ जना महिला क्वारेन्टिनमा बस्दै आएको जानकारी दिए । लम्कीमा ३६ वटा क्वारेन्टिन स्थापन गरिएको छ ।

नगरप्रमुख बज्जगाईले क्वारेन्टिनमा बस्दै आएको नागरिकको सुरक्षाकोलागि खटाइएकाहरु बाटै गल्ती भएपछि महिलाहरुको सुरक्षालाई मध्यनजर गर्दै न्यूनटम मापदण्द तोकेर भारतबाट आउनेहरुलाई होम क्वारेन्टिनमा राख्ने योजना बनाईरहेको बताए ।

नगरपालिको क्वारेन्टाइनमै एक महिला सामूहिक बलात्कार भएको घटना बाहिर आएपछि सबैको सुरक्षा व्यवस्थापनलाई मध्यनजर गरि यस्तो योजना बनाएको उनको तर्क थियो ।

पीडित महिला सोहि दिननै प्रहरीमा जाहेरी दिएपछि क्वारेन्टिाइन व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी किशोर परियार, स्वयंसेवक लक्ष्मण परियार र सर्जन विकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले तीनै जनालई म्याद थप गरी अनुसन्धान अगाडि बढाइको छ । केर्नीन्यूजबाट