भजनी नगरपालिकामा तीन दिने रेडप्लस सम्बन्धि क्षमता अभिवृद्धि तालिम समपन्न भएको छ ।
RESIST परियोजना अन्तर्गत भजनि नगरपालिकामा रहेको सामुदायिक वन उपभोक्ता समितिमा रहेका वन संरक्षण र उपभोग गर्दै आउनु भएका महिलाहरुका लागि रेडप्लस सम्बन्धि क्षमता अभिवृद्धि तीन दिने तालिम आज सम्पन्न भएको छ । नेपालमा रेडप्लसको अवस्था र अवधारणा कस्तो छ ? दिगो वन व्यवस्थापन भनेको के हो, सामुदायिक वनको कार्ययोजना वन व्यवस्थापन प्रावधान के छ ,जलवायु परिवर्तन र दिगो वन व्यवस्थापन ,स्थानिय समुदायले सामुदायिक वन सम्बर्धन कार्य र सदुपयोग कसरी गर्नुपर्छ साथै रेडप्लसमा सामाजिक एवं वातावरणीय सुरक्षाका मापदण्डहरु के छन् र रेडप्लसमा लैगिक तथा सामाजिक समावेशीकारणलाई कसरी जोडिएको छ भन्ने विषयमा जलवायु परिवर्तन विज्ञ लक्ष्मी प्रसाद भट्टले सहजीकरण गर्नु भएको थियो । यस तिन दिनको तालिमले सामुदायिक वन उपभोग तथा संरक्षण गरिरहनु भएका स्थानिय महिला सामुदायिक वन उपभोग र संरक्षण सम्बन्धि चेतनामा अभिवृदि आउने अपेक्षा गरिएको छ ।
