बजेट विनियोजन भएको ६ महिना सम्म कार्यविधि बनाउनमै व्यस्त

धनगढी, १३ पुस ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५ मा बजेट विनियोज गरेको ६ महिना विति सक्दा समेत लक्षित समुदायको लागि छुट्टयको बजेट कति खर्च भयो एकिन थहा भएन बताइएको छ ।
दलित महिला अधिकार मञ्च नेपालले शुक्रबार आयोजना गरेको प्रदेश सरकारले लक्षित समुदायका लागि विनियोजन गरेको बजेट कार्यक्रम तथा योजना विषयक कार्यशाला गोष्ठीमा सो कुरा बताइएको हो ।
प्रदेश सरकारले आर्थिक वर्ष महिला तथा बालबालिकाहरुको लागि छुट्टएको दुई अर्ब ४९ करोड ४९ लाख १४ हजार मध्ये लक्षित वर्गकोलागि १५ करोड ३४ लाख ५४ हजार बजेट छुट्टयको थियो । तर ६ महिना वित सक्दा समेत मन्त्रालयले कार्यविधि बनाउन सफल भएकोे सामाजिक विकास मन्त्रालयका अधिकृत कमला शाहीले जानकारी दिईन् ।
उनले समाजमा व्याप्त लैंगिक विभेदको अन्त्य गर्दै सम्पूर्ण महिलाहरुको समानुपातिक समावेशी सिद्धान्तका आधारमा उनीहरुको क्षमता लगायत चौतर्फी विकास गर्न समन्वयात्मक रुपमा विभिन्न कार्यक्रम संचालन गरिने बताइएन् ।
नेपाली सामाजमा छुवाछुत, छाउपडी प्रथा, बोक्सी प्रथा, लैंगिक हिंसा जस्ता कुरीति र कानूनले बर्जित गरेका कुप्रथाको अन्त्य गर्न प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि सहित गाँउ बस्ती सहरमा सामाजिक रुपान्तरण अभियान सञ्चालन गरिनुका साथै कानून कार्यान्वयनलाई पनि प्रभावकारी कार्यविधि बनिरहेको बताईन् ।
शाहीले चेलीबेटी, बालबालिका बेचविखन, मानव ओसारपसार कार्य रोक्न विशेष कार्यक्रम गर्ने, प्र्रदेशमा आवश्यक ऐन कानुन तथा नीति निर्माण गरि महिला हक अधिकार संरक्षण सम्बन्धी स्थानीय तह र प्रदेश स्तरका पदाधिकारीसंग अन्त्रक्रियात्मक गर्न, प्रदेशस्तरीय किशोरी सम्मेलन गर्ने, महिलाहरुका लागि लोकसेवा कक्षा संचालनगर्ने, लैंगिक हिंसाबाट पीडित तथा प्रभावितहरुका लागि दिर्घकालिन सामुदायिक पुनस्र्थापना केन्द्र संचालन गर्ने लगायतका कार्यविधि बनिरहेको जानकारी दिईन् ।
कार्यक्रमका सहभागी इन्सेक नेपालका प्रतिनिधि दिलबहादुर चौधरीले प्रदेश सरकारले बास्तविक लक्षित बर्गकोलागि नीति बनाएर तिनै समुदायमा सो बजेट खर्च गरोस् भन्ने सुझाब दिएका थिए ।
त्यसै गरि राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष चक्र विकले प्रदेश सरकार सूचना प्रवाह गर्ने क्रममा लक्षित समुदयासम्म पुर्याउने माध्यम प्रयोग गर्न आग्रह गरे । उनले नीति तथा कार्यक्रम राम्रो बनाएर मात्रै पुग्दैन कार्यन्यन प्रभावकारी हुनुपर्ने सुझाब दिए ।
सहभागिहरुको प्रश्नलाई मध्येनजर गर्दै अधिकृत शाहीले कार्यक्रम सञ्चालन गर्ने क्रममा महिला भित्रपनि सिमान्तकृत, दलित, आदीबासी र पछाडी परेको वर्गलाई पहिचान गरि अगाडी बड्ने योजना बनाएको बताईन् ।
कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक साबित्रा धिमिरेको सभा अध्यक्षतामा प्रदेश सांसद दुर्गा विक, बलबहादुर सोडरी, शान्ती नेपाली, अर्चना गहतराज, जिल्ला समन्वय समितिका उपसभापति सुन्दरी चौधरी, पत्रकार, जनप्रतिनिधि र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
केर्नी न्युजबाट साभार