कैलारीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मंसिर,२४
लक्षित समुदायलाई तीस प्रतिशत र भौतिक तर्फ सत्तरि प्रतिशत बजेट बिनियोजन गर्ने कैलारी गाउपालिकाका अध्यक्षले बताउनुएको छ । महिला दलित तथा सिमान्तकृत समुदायको सवाल तथा गाउपालिकाको योजना,कार्यक्रम तथा उपलब्धिहरु विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष लाजुराम चौधरीले यस्तो बताएका छन । यस वर्ष भन्दा केही कम बजेट विनियोजित भएको बताउदै उहांले आगामि आर्थिक वर्ष २०७६÷०७७ मा लक्षित समुदायका लागि बजेट बढाउने समेत बताएका छन । उक्त सार्वजनिक सुनुवाईमा स्थानीयले आफ्ना गुनासा तथा समस्याहरु बताएका थिए । आफूहरुलाई व्यापारिले उत्पादनको सात प्रतिशत कर लिने गरेको बताएका थिए । उनीहरुले गाउंमै सुत्केरी गराउन सकिने व्यवस्था गरिनुपर्ने,जाड रक्सी नियन्त्रण गर्न पहल गरिनुपर्ने,दलित तथा गरिब परिवारका बालबालिका लाई छात्रवृक्तिको व्यवस्था गरिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
सो कार्यक्रममा उपाध्यक्ष लक्ष्मि सतगौवाले अठार महिना भित्रमा महिला हिंसा,जग्गा सम्बन्धि विवाद लगायतका पञ्चानब्बे वटा उजुरी न्यायिक समितीमा परेको बताएकी छन । जसमा सत्तरी वटा मिलापत्र गरिएको जानकारी दिएकी छन । उक्त गाउपालिकामा महिला हिंसा हुनेगरेको तर न्यायिक समितीमा कम मात्रामा आउने गरेको समेत आउने गरेको बताएकी थिईन । सो सार्वजनिक सुनुवाई कार्यक्रम डिसिएको आर्थिक सहयोग तथा दलित महिला अधिकार मंचद्धारा संचालित उक्त कार्यक्रम गाउपालिकाका अध्यक्ष लाजुराम चौधरी,उपाध्यक्ष लक्ष्मि सदगौवा,दलित महिला अधिकार मंच नेपालकी कार्यकारी निर्देशक सावित्रा घिमिरे,कार्यक्रम संयोजक रोसा थापा,लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । भने कार्यक्रमको संचालन दिनेश एफएमका पत्रकार सिताराम ओझाले गरेका थिए ।