Dalit Women Right Forum (DWRF) NEPAL

Dhangadhi, Estd 2064

“महिला हिंसा न्युनिकरण गर्न टोलटोलवाटै अभियान थालौ ” – सासंद चुनकुमारी चौधरी

  December 9, 2018

अत्तरिया मंसिर १८ ।

 

सुदुरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले महिला माथि हुने हिंसा न्युनिकरण गर्न टोलटोलवाटै अभियान थाल्नुपर्ने बताउनुभएको छ । कैलालीको गोदावरी नगरपालिकाको वडा नं २ मा रहेको जिवनज्योति महिला विकास बहुउध्श्यीय सहकारी संस्थाले आयोजना गरेको २६ औँ अन्तराष्ट्रिय महिला हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउनुभएको हो । उँहाले अहिले महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहदा पनि थुप्रै महिलाहरु बिभिन्न खाले हिंसामा परेको खबर आइरहेकाले यस्ता खाले हिंसालाई जरैदेखी न्युनिकरण गर्न महिला , पुरुष सबैले आ आफ्नो टोल टोलमा सचेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने बताउनुभयो ।

 

समाजमा हुने महिला हिंसा , लैङ्गिक हिंसा , जातिय हिंसा लगाएत सबै प्रकारका हिंसाहरु न्युनिकरण गर्न जनप्रतिनिधि एक्लैले मात्र नसक्ने भएकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहने उँहाले बताउनुभयो । “हामी सबैले जागरुप हुन जरुरी छ , सबै पढेलेखेका छौ तर पनि किन यस्ता घटनाहरुले प्रसय पाइरहेको छ ।” उहाले भन्नुभयो – “ यसका लागि स्थानिय तथा प्रदेश सरकारले पनि महिलाको आत्मरक्षा सम्बन्धि विभिन्न तालिमहरु संञ्चालन गर्न जरुरी छ ।” हिसांमा परेका महिलाहरुलाई घरमै सहेर नबस्न अनुरोध गर्दै उँहाले त्यसका बिरुद्ध गाँउटोलका सबै महिलाहरुलाई एक जुट भएर लाग्न सुझाव दिनुभयो । यस्तै सासंद चौधरीले सुदुरपश्चिम प्रदेश भित्रका महिलाको क्षमता विकासका साथै अन्य कार्यक्रमहरु गर्न पुर्व मन्त्रि द्धारिकादेवी ठकुरानीको नामममा बजेट पनि छुट्याइएको उद्घोष गर्नुभयो ।

अन्तकृया कार्यक्रम अघि सयौको संख्या सहभागि महिलाहरुले जिवनज्योति महिला विकास बहुउध्श्यीय सहकारी संस्थाको कार्यालय तेघरीदेखी अत्तरिया बजार क्षेत्रमा जनचेतनामुलक र्याली निकालेका थिए । ’ लैङ्गिक हिंसा र दुव्र्यवहार – छैन हामीलाई स्वीकार’ भन्ने राष्ट्रिय नाराका साथ जनचेतनामुलक र्याली निकालिएको हो । वनज्योति महिला विकास बहुउध्श्यीय सहकारी संस्थाकि अध्यक्ष सुमित्रा सोपको सभापतित्वमा सम्पन्न कार्याक्रममा प्रदेश सासंद चुनकुमारी चौधरी प्रमुख अतिथी रहनुभएको थियो । बिशिष्ट अतिथी गोदावरी नगरपालिकाकि उपप्रमुख रत्ना कडायत रहनुभएको थियो । गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा संञ्चालन गरिएको सो कार्यक्रममा अन्तरपार्टि महिला संजाल अत्तरिया , दलित महिला संघ फेडो कैलाली , दलित महिला अघिकार मञ्च धनगढी , राष्ट्रिय लोक संस्कृतिक संघ अत्तरिया र महिला तथा बालबालिका सेभ हाउस अत्तरिया सह आयोजक रहेका थिए । दलित महिला संघ फेडो कैलालीकि सचिब अम्बिका ताम्रराकारको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संञ्चालन जिवनज्योति महिला विकास बहुउध्श्यीय सहकारी संस्थाकि ब्यबस्थापक क्षेत्रा साउदले गर्नुभएको थियो ।

गोदावरी न्युज डटकमबाट साभार