लक्षित वर्गको आर्थिक अवस्थामा सुधार ल्याउने कार्यक्रम गर्ने वडाध्यक्ष ओझाको योजना

वनवेहडा,कैलाली
महिलाको आर्थिक अवस्थामा सुधार ल्याउन लक्षीत वर्गमुखी कार्यक्रमहरु ल्याएको वडाध्यक्ष कमला ओझा शर्माले एक कार्यक्रममा बताएकी छन । दलित महिला अधिकार मंचद्धारा गौरीगंगा नगरपालिका ६ बनवेहडामा बिहिबार आयोजित स्थानीय स्तरमा सरकारी सेवा सुविधामा महिला,दलित तथा सिमान्तकृत समुदायको पहुँच विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएकी हुन । लक्षित वर्गमुखी कार्यक्रहरु मार्फत उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने बताएकी हुन । यस अघिका बजेटमा लक्षित वर्गका नाममा आउने बजेट पुरुषले अन्तै लगाईदिने गरेकाले आफूहरुले नपाएको र यस वर्ष लक्षित वर्गको बजेट उनीहरुकै लागि खर्च गरिनुपर्ने कठौतीयाकी लक्ष्मी बोगटीले बताईन । दलित महिला नभई दलित समुदायका लागि मात्रै थोरै रकम छुटयाएको गुनासो गरिन । भने सो क्षेत्रका महिलाहरुले आगामी वर्षका लागि योजना मागफाराम भर्दा लक्षित वर्गका लागि सरकारले तोकेवमोजिमको रकम छुटयाउन वडाध्यक्ष ओझासंग माग समेत गरेका छन ।
लक्षीत वर्गका लागि वडाध्यक्ष ओझाले विभिन्न शिर्षकमा बजेट छुटयाएको बताएकी छन । उनले ४ लाखको कार्यक्रम यस वर्ष राखेको र आगामी वर्षका लागि कुल बजेटको १० प्रतिशत बजेट छुटयाउने प्रतिबद्धता समेत गरेकी छन । भने आगामी ५ वर्ष भित्रमा सो वडा नमुना वडाको रुपमा चिनाउने योजना रहेकको बताएकी थिईन ।