लक्षित समुदायको माग अनुसार कार्ययोजना बनाउन सरोकारवालको भनाई

धनगढी, २४ मंसिर । गैरसरकारी संघसंस्थालाई सम्बन्धित कार्यक्षेत्रमा गएर आ–आफ्नो कार्ययोजना बनाउनु पर्ने एक कार्यक्रमको सहभागीहरुले बताएका छन् ।
आतबार धनगढीमा दलित महिला अधिकार मञ्चद्धारा आयोजित समन्वय तथा सहकार्यको लागि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
कार्यक्रममा फाया नेपालका धनपति ढुंगेल संस्थाले लागु गर्न लागेको कार्यक्षेत्र अन्र्तगत लक्षित समुदाय बीच गएर उनीहरुको माग अनुसार कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।
उनले संस्थाले बनाएको कार्ययोजना मार्फत समुदायमा काम गरिरहेको अरु लक्षित समुदाय लगायत लक्षित वर्गहुरुको स्तरोन्नती हुन नसकेको औल्याए । सरकारी गैरसरकारी संघसंस्थाले गर्दै आएको कार्ययोजना परिमार्जन गरि आफनो योजना लागु गर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि महिला तथा बालबालिका कार्यालयका प्रमुख महिला अधिकृत सन्ध्या सिंहले एउटै लक्ष्य, उद्देश्य बोकेको संघसंस्था एकजुट भई समुदायमा काम गर्नुपर्ने आग्रह गरिन् । उनले संघसंस्थाले समुदायमा गएर अ आफ्नो तालमा काम गरेकोले बढि प्रभावकारी हुननसकेको बताउदै सबै एकजुट भएर काम गर्न आग्रह गरिन् ।
त्यसै गरि गैरसरकारी संस्था महासंघ कैलाली अध्यक्ष हेमकर्ण विक स्थानीय निकाय र संघसंस्थाको समन्वय सहकार्य अति आवश्यक रहेको औल्याए । उनले कुनै पनि संघसंस्थाले आफनो कार्यसुरु गर्नु भन्दा पहिले गैरसरकारी संस्था महासंघलाई समेत समन्वय सहकार्य सहित जानकारी गराउन आवश्यक रहेको बताए ।
आरडिएनका टेक विक संस्थाले आफ्नो कार्यक्रम लागु गर्नु भन्दा पहिले लक्षित समुदाय, वर्ग, दलित, महिला, गरिबहरुको समस्या पहिचान गरि कार्ययोजना लागु गर्न आग्रह गरे ।
कार्यक्रममा दलित महिला अधिकार मञ्चका कार्यकारी निर्देशक सावित्रा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको कार्यक्रम संयोजक रोशा थापाले कार्यक्रमबारे जानकारी दिए ।
संस्थाले डिसिएको आर्थिक सयोगमा गौरी गंगा नगरपालिका र कैलारी गाउँपालिका अन्र्तगत सिमान्तकृत समुदाय महिला र दलित समुदायको आर्थिक समाजिक तथा राजनीतिक समावेशीकरण वृद्धि गर्दै जातिय र लैंगिक हिंसाको अन्त्य गर्न पाछि नहट्ने बताउदै पछाडी परेको महिला तथा दलित समुदायको हक अधिकारको संरक्षण सम्बद्र्धन तथा न्यायमा पहुँच अभिवृद्धि गर्न वकालत समेत गर्दै आईरहेको थापाले जानकारी दिईन् ।