सडक नाटक प्रर्दशन
 December 5, 2017

मंसिर,१९
लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौ, कोही नछुटौ भन्ने मुल नाराका साथ २६ औं अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत जनचेतनामुलक सडकनाटक गत शनिबार प्रर्दशन गरिएको छ । दलित महिला अधिकार मंच नेपाल तथा युवा सचेतना समुह मालाखेतीको आयोनामा नाटक प्रर्दशन गरिएको हो ।
महिला माथि हुने हिंसालाई अन्त्य गर्नका लागि सबैले लाग्नुपर्ने र महिला स्वयमले पनि आफूमाथि भईरहेको हिंसा सहेर बस्न नहुने सन्देश नाटक मार्फत प्रस्तुत गरिएको थियो । गोदावरी नगरपालिकाको मालाखेती र अत्तरिया बजारमा प्रर्दशन गरिएको सडक नाटकमा युवा सचेतना समुहका दिवश पोख्रेल,निर्मला जैशी,कर्ण दाश,करिश्मा विष्ट,उमा गौतम,कविराज न्यौपानेले प्रदर्शन गरेका थिए ।