Dalit Women Right Forum (DWRF) NEPAL

Dhangadhi, Estd 2064

दलित महिला अधिकार मञ्चद्धारा महिलालाई कानुनी शिक्षा

  December 5, 2017

धनगढी, १२ मंसिर । दलित महिला अधिकार मञ्च कैलालीले दलित तथा सिमान्तकृत समुदायको महिलाहरुलाई महिला मानब अधिकार र कानुनी शिक्षा विषक दुई दिने तालिम सम्पन्न गरेको छ ।

कैलारी गाउँपालिका वडा नं. १, २, ३, ४, ८ र गौरी गंगा नगरपालिकाका वडा नं. १० र ११ का ८ वटा महिला समुहलाई सो तालिम दिएको हो ।
मञ्चले सो समुहका महिलाहरुलाई चरणबद्ध गरि १ सय ५० जनालाई तालिममा सहभागि गराएको मञ्चका कार्यकारी निर्देशक सावित्रा घिमिरेले जानकारी दिईन् ।

उनले महिलाहरु घरको काममा सिमित हुने भएकोले अहिले पनि आफ्नो अधिकारबारे जानकारी नभएकोले कानुनी शिक्षा दिन आवश्यक ठान्दै सो तालिम सञ्चालन गरेको बताईन् ।

तालिम अवधिमा महिला हिंसा विरुद्धको १६ दिने अभियान परेकोले उनीहरुलाई सो अभियानको बारेमा पनि जानकारी दिएको उनको भनाई छ ।

उनले तालिममा मानव अधिकार, लैङ्गिक हिंसा, घरेलु हिंसासंगै नेतृत्वदायी भूमिका कसरी निभाउने भन्ने विषयमा जानकारी दिएको बताईन् ।
तालिममा सहभागि राजु रैकालले तालिम लिएर मात्र नभई व्यवहारमा उतर्न सबै सहभागिहरुलाई आग्रह समेत गरिन् । उनले समुहमा सबै एक भएर अवाज उठाए पनि घर फिर्ता गएपपछि सबैले हिंसा सहेर बस्ने परिपातिको अन्त्य गर्नुपर्ने जोड दिईन् ।

त्यसै गरि मिना चैधरीले अधिकार मात्रै खोजेर होईन आफ्नो कर्तव्य पनि थाँह पाउन जरुरी रहेको बतईन् । उनले कर्तव्य निभाउने नाममा कोही हिंसामा परेको छ भने समुह मार्फतपनि कानुनी उपचार खोज्न सक्ने जिज्ञासा व्यक्ति गरिन् ।