लैंगिक हिंसा पीडितलाई सुरक्षित आवासको खाँचो

धनगढी, १८ मंसिर । कैलाली जिल्लामा रहेका लैंगिक हिंसा पीडितलाई सुरक्षित आवास गृहको खाँचो देखिएको छ । क्रियाशील पत्रकार, महिला, ओरेक नेपाल र दलित महिला अधिकार मञ्चको संयूक्त आयोजनामा लैंगिक हिंसा न्यूनिकरणमा मिडियाको भूमिका विषयक कार्यक्रमका सहभागीहरुले सो कुरा औल्याएका हुन् ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालय कैलालीका प्रमुख महिला अधिकृत सन्ध्या सिंहले मिडियाले कार्यक्रममा आधारित सामाचार भन्दा पनि स्थलगतमा गएर मुद्धा उठान गर्न जरुरी रहेको बताईन् । उनले अहिलेसम्म मिडियाले राम्रो भूमिका निर्बाह गरेको प्रशंसा गर्दै हिंसा न्यूनिकरणको लागि अझ सशक्त भूमिका निर्वाह गर्न अवश्यक रहेको बताइन् ।
कार्यक्रममा बोल्दै दलित महिला अधिकार मञ्च नेपालकी कार्यकारी निर्देशक सावित्रा घिमिरेले कैलालीमा लैंगिक हिंसामा परेका पीडितहरुको लागि सुरक्षित आवास गृह नभएकोले सो गृह स्थापनाको लागि राज्यलाई घच्घच्याउन मिडियाको ठूलो भूमिका हुन सक्ने बताईन् । उनले कैलाली ओरेक नेपालले सञ्चालन गरेको सुरक्षित आवास गृहको क्षमता ९ जनाको मात्रै रहेपनि कोचिएर बस्न बाध्य रहेको उनको भनाई छ ।
कैलालीमा माईती नेपालले सञ्चालन गरेको अवास गृहमा बेचविखनमा परि उद्धार गरेकोलाई राख्ने नियम भएपनि सो ठाउँमा विकल्प खोज्दै लैंगिक हिंसा प्रभावितलाई राख्ने बाध्यता रहेको उनको भनाई थियो ।
उनले कैलालीका मिडिया हाउसले भौतिक विकास निर्माणको लागि जसरी भूमिका खेल्छ त्यसैगरी हिंसा पीडितहरुको अवास गृह निर्माणको लागि राज्यसंग पहल गरिदिन अग्रह गरिन् । उनले हिंसा पीडित महिलाहरुको न्यायमा सहज पहुचको लागि एकद्धार प्रणाली बनाउन मिडियालाई भूमिका निर्भह गर्न आग्रह गरिन् ।
कार्यक्रममा दिनेश एफएमका सामाचार प्रमुख शिवराज भट्टले हरेक मिडियाको आफ्नै नीति भएकोले सम्पादकले कस्तो सामाचारलाई प्राथमिकता दिने भन्ने कुरा अर्थ लाग्ने बताए । उनले हिंसा पीडित महिलाहरु सामाचार प्रकाशन÷प्रसारणको लागि गैरसरकारी संस्था र मिडियाको समन्वय प्रभावकारी बनाउन जरुरी रहेको बतईन् ।
कार्यक्रममा धार्मिक कुसंस्कार र कुरिती जन्य रीतितिथिले महिलाहरुलाई हिंसा गरिरहेकोले त्यसको न्यूनिकरणको लागि आफैबाट हटाउनु पर्नेमा सहभागिहरुको जोड थियो ।
‘लैंगिक हिंसा अन्त्यकोलागि सबै जुटौंः कोही नछुटौं’ भन्ने मूल नाराकासाथ २६ औं अन्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सो कार्यक्रमको आयोजना गरेको आयोजकको भनाई थियो । तर हिंसा न्यूनिकरणकोलागि अभियान मात्रै नभए ३६५ दिननै हिंसा न्यूनिकरणको लागि अभियानमै होमिन आयोजकको आग्रह थियो ।
मिडिया हाउसका सम्पादक तथा सामाचारदाता, गैरसरकारी संस्थाहरुको सहभागिता रहेको कार्यक्रममा ओरेक नेपालका कार्यक्रम संयोजक सरीता चौधरीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।