Dalit Women Right Forum (DWRF) NEPAL

Dhangadhi, Estd 2064

भौतिक विकाससंगै मानविय विकासको माग

  December 5, 2017

बसौटी, १८ मंसिर । कैलारी गाउँपालिका वडा नम्बर २ मा भौतिक विकाससंगै मानविय विकासकोलागि स्थानीय महिलाहरू गाउँपालिकासंग आग्रह गरेका छन् ।

दलित महिला अधिकार मञ्च नेपालले आयोजना गरेको स्थानीय तहमा उपलब्ध सेवा र सुविधा सम्बन्धमा जनप्रतिनिधिसंगको अन्तरक्रिया कार्यक्रममा महिलाहरूले यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा कैलारी गाउँपालिका वडा नं. २ कुकरभुक्काका स्थानीय महिला टीका चौधरीले महिला तथा दलित बस्तीमा गाउँपालिकाले मानवीय विकासकोलागि छुट्टै प्याकेज ल्याउन माग गरिन् ।

 

उनले सो बस्तीमा धेरै महिलाहरु आफ्नो नाम समेत लेख्न नसक्ने अवस्था रहेकोले प्रौढ शिक्षाको पनि माग गरिन् । वडा नं. २ मा एनजीओ आईएनजीओले विभिन्न खाले कार्यक्रम सञ्चालन गर्दै आएपनि टाठाबाठा माहिलाहरुको पहुचले गाउँपालिकाले बञ्चित रहेको समुदायकोलागि प्याकेजमै नीतिल्याउन जरुरी रहेको बताईन् ।

कार्यक्रममा अनिता भूलले बोल्नेको मात्रै आवाज सुनिने समाजमा दलित महिलाहरू अरु समुदाय भन्दा पछाडी रहेकै कारण उनीहरूका आवाज बाहिर आउन नसकिएको बताईन् । उनले अहिलेपनि गैर दलितले विबाह ब्रर्त बन्धनमा आपमानजनक व्यवहार गर्दै आएकोले गाउँपालिकाले विभेदरहित समाजको बनाउन छुवाछुट मुक्त गर्ने नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको बताईन् ।

कार्यक्रममा ‘दलित समुदायका अधिकांश बेरोजगार युवाहरू दिनभरी जुवा तास, जाँड रक्सीमा दिन बिताउँछन् । अनि घर पुगेर श्रीमतीमाथि गाली र कुटपिट गरिरहेका छन् उनले सुझाव दिइन्, ‘यस्ता अभद्र व्यवहार खाले परिवर्तनका कार्यक्रम गाउँपालिकाले लागु गर्नुपर्यो ।’ प्रश्नको प्रतिउत्तरमा सो अभियानमा समुदायले साथ दिए गाउँपालिका पूर्णरुपले प्रतिबद्धरहेको वडा नं. २ का अध्यक्ष सन्तुराम चौधरीले बताए ।

उनले गाउँपालिकाले दलित महिला र पछाडी परेको वर्गकोलागि सशक्तिकरण सम्बन्धी तालिम, आर्थिक आयआर्जनकोलागि सीपमूलक तालिम, क्षमता अभिवृद्धि तालिम जस्ता योजनाहरु निमार्ण भएको बताए ।

उनले प्रदेश सभा र प्रतिनीधि सभाको चुनावले तत्काल गर्नुपर्ने कार्यक्रम पनि गर्न नसकिएको बताउदै आफू नयाँ र सिकारु भएकोले समुदायको सहकार्यमा सबै अयोजना निर्माण गरेर अगाडी बढ्ने बताए ।

त्यसै गरि वडा नं. २ का न्यायक समिति सदस्य लाल बहाद्र ठकुल्लाले गाउँपालिका सडक सञ्जाल र भवन निर्माणसंगै महिलाहरूलाई आत्मनिर्भर बनाउँने खालका कार्यक्रम सञ्चालन गर्ने नीति बनाएको बताए ।

उनले गाउँपालिकाको उपअध्यक्षको संयोजकत्वमा न्यायक समिति गठन भएको जानकारी दिदै आफूलाई अन्याय भएको खण्डमा गाउँपलिका न्याय दिनमा हरपल साथमा हुने प्रतिवद्धता जनाए ।

कार्यक्रममा दलित महिला अधिकार मञ्चका कार्यक्रम संयोजक रोशा थापाले समुदायमा आएको समस्या खुलेर जनप्रतिनिधिसँग राख्न आग्रह गरिन् । कार्यक्रम दलित महिला अधिकार मञ्चका समाजिक परिचालक जनक भूलले सञ्चालन गरेका थिए ।