Dalit Women Right Forum (DWRF) NEPAL

Dhangadhi, Estd 2064

न्ोृतृत्व बिकास सम्बधि तालिम सुरु

  November 9, 2017

धनगढी उपमहानगरपालिकाका निर्बाचित महिला तथा दलित महिला सदस्यहरुको लागि २ दिने नेतृत्व बिकास सम्बधि तालिम आजबाट धनगढीमा सुरु भएको छ । दलित महिला अधिकार मंच नेपालको आयोजनामा नेतृत्व विकास गर्ने उदेश्यले सो तालिम सुरु भएको हो ।
जन निर्बाचित महिला तथा दलित महिला सदस्यहरुका लागि नेतृत्व विकास तालिमले उनीहरुको नेतृत्वमा बिकास हुने मंचकी कार्यकारी निर्देशक सावित्रा घिमिरेले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अथिती निर्प ओडले आगामी नगरपरिषद्बाट विकास निर्माणको बजेटलाई मात्र प्राथमिकता नदिई नेतृत्व क्षमता विकास र उद्येमसिलतालाई पनि प्राथमिता दिने बताउनुभएको छ । धनगढी उपमहानगरपालिमा निर्वाचित महिला तथा दलित सदस्यको नेतृत्व विकास सम्बन्धी २ दिने तालिको उद्घाटन गदै मेयर वडले भौतिक विकास मात्रत्र नभई नेतृत्व विकास समेत महत्वपुर्ण रहेको बताउनुभयो । उहांले नेपालका अन्य स्थानीय तह भन्दा धनगढी उपमहानगरपालिकामा महिलाको सहभागिता बढि रहेको जानकारी दिनुभएको छ । महिलाहरुको संख्यात्मक सहभागिता मात्र नभई अर्थपुर्ण सहभागिता हुनुपर्ने पनि बताउनुभयो । दूई दिन सम्म संचालन हुने तालिमको सहजीकरण जेन्डर मास्टर ट्रेनर सुर्य न्यौनापाने र धनगढी उपमहानगरपालिकाकी उपमयर सुशिला मिश्र भटटले गरिरहनभएको छ । धनगढी उपमहानगरपालिकका १९ वडाका ३८ जना महिला तथा दलित महिला सदस्यहरुको सहभागिता रहेको छ ।