Dalit Women Right Forum (DWRF) NEPAL

Dhangadhi, Estd 2064

दूई दिने कार्यशाला गोष्ठी सुरु

  November 7, 2017

कैलालीका १३ वटै तहका उप प्रमुखहरुको न्यायीक क्षमता अभिवृद्धि गर्न उद्देश्यले २ दिने कार्यशाला गोष्ठी आज देखि धनगढीमा शुरु भएको । डिसिएको आर्थिक सहयोग तथा दलित महिला अधिकार मञ्च कैलालीको आयोजनामा संचालन भएको २ दिने कार्यशाला गोष्ठीमा १३ वटा स्थानिय तहका उप प्रमुख तथा न्यायिक समितीका सदस्यको सहभागिता रहेको छ । स्थानीय न्यायीक समितीको क्षमता विकास गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरेको दलित महिला अधिकार मंचले जानकारी दिएको छ । २ दिने गोष्ठीको उद्घाटन गदै जिल्ला न्यायधिश प्रशुराम भट्टराईले जनतालाई न्याय प्रदान गर्न सवालमा स्थानिय तहको न्यायिक समितीका सदस्यहरुले गर्ने काम निकै जिम्मेवारी र महत्वपुर्ण रहेको बताए । उनले न्याय प्रदान गर्ने सवालमा भाषिक तथा सविधानमा उल्लेखित गरेको कुरालाई ख्याल गर्नु पर्ने बताए । कैलाली जिल्ला बार एसोसिएसनका सचिव हिमालय विष्टले सैवधानिक निकायका रुपमा विकास भएको न्यायिक क्षेत्रले अझै काम गर्न नसकेको बताएका छन । उनले स्थानीय स्वतशासन ऐन २०५५ मा कायम गरिएको नियम हाल स्थानिय तहलाई प्रदान गरिएको बताए । उनले स्थानिय तहले पाएको अधिकार जनताका लागी न्याय पाप्त गर्न पाएको अधिकार जनताका लागी खुशीको कुरा भएपनि कार्यान्यन पछि निकै चुनौतिपुर्ण रहेको बताए । गौरीगंगा नगरपालिका उप मेयर उञ्चलला चौधरीले २ दिने कार्यशाला गोष्ठीले १३ वटै स्थानिय तहका न्यायीक समितीको लागी महत्वपुर्ण हुने बताइन् । उनले स्थानीय तहमा न्यायिक मामिला सम्बन्धी धेरै घटना आईरहेपनि कानुन प्रक्रियाका बारेमा जानकारी हुदाँ काम गर्न निकै समस्या भएको बताईन् । स्थानिय तहमा महिलाको संख्यात्मक रुपमा वृद्धि भएपनि भौतिकताको कमी कारण काम गर्ने समस्या भईरहेको उनले भनाई छ । दलित महिला अधिकार मंञ्चकी कार्यकारी निर्देशक सावित्रा घिमरेको सभापत्विमा भएको उद्घाटन कार्यक्रममा १३ वटा स्थानीय तहका ३९ जना न्यायीक समिती सदस्यहरुको सहभागिता रहेको छ भने सुर्य न्यौपानेले सहजीकरण गरिरहेका छन ।