७५ घरधुरीलाई कुखुराका चल्ला वितरण
क्ैलाली,
डि.सि.ए को आर्थिक सहयोग तथा दलित महिला अधिकार मंच नेपालको आयोनामा कुखुराका चल्ला वितरण गरिएको छ । साविकका बसौटी,हसुलिया,उदासीपुरका ७५ घरधुरीलाई एक हजार छ सय वटा गीरीराज जातका चल्ला सोमबार वितरण गरिएको हो । दलित तथा सिमान्तकृत समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन र आत्मनिर्भर बनाउने उदेश्यले वितरण गरिएको कार्यक्रम संयोजक रोसा थापाले बताउनुभयो । साविकका उक्त गाविसमा गठन गरिएका १२ वटा महिला समुहका तीन सय सदस्यहरु मध्येको आर्थिक अवस्थाका आधारमा छनौट गरीएको थियो ।
जिल्ला पशुसेवा,गौरीगंगा नगरपालिका र गाउंपालिका संग समन्वय गरी सहभागिहरुको घरमै गएर वितरण गरिएको थियो । सम्बन्धित क्षेत्रमा अवस्थीत पशुसेवा केन्द्रले पनि चल्लाका लागि बेलाबेलामा अनुगमन तथा औषधिका लागि सहयोग गर्न तयार रहेको कार्यक्रम संयोजक थापाले बताउनुभयो । कुखुरापालनका लागि आवयक सामाग्रि तथा खोर निर्माणका लागि संस्थाले नै आर्थिक सहयोग गरेको छ । भने एक हप्ताका लागि पुग्ने चारो समेत दिईने छ ।
कुखुरापालनबाट आयआर्जनमा वृद्धि हुने भएपछि दलित तथा सिमान्तकृत समुदायका महिलाहरुले आत्मनिर्भर हुने बताएको छन । वितरण गरिएका कुखुराका चल्ला अबको २ देखी ३ महिना सम्ममा बेच्न सकिने र अण्डा उत्पादनबाट पनि आम्दानी गर्न सकिने आयोजकले बताएका छन ।