सिंगो समुदायको विकाश हुने काम गर्ने सेरेलाको अठोट
कैलाली
”मेरो भोट सात सय आयो,आवश्यक भन्दा पनि बढी,मैले सोचेकी पनी थिईन,यति धेरै भोट ल्याएर जित्छु भन्ने ”गोदावरी नगरपालीका ११ की ३९वर्षिय जनप्रतिनीधि बिमला सेरालाले खुशि हुदै भनिन मलाई सबै पार्टीकाले भोट दिए ।
सामान्य परिवारमा जिवनयापन गरिरहेकी विमलालाई यस्तो अवसर पाउंछु भन्ने लागेको थिएन । बीस वर्ष पछिको स्थानीय तह चुनावको निर्बाचन हुने चहलपहल बढ्न थाल्यो । बिमलाको मनमा पनि चुनाबमा भाग लिन मन लाग्यो । श्रीमान संग सल्लाह गरिन र भाग लिने योजना बनाईन । धेरैले पैसा लाग्छ भने । यहां सम्मकी राजनितीक पार्टी तथा समुदायका जान्नेमान्नेले सहित पचासहजार रुपैया लाग्ने कुरा बताए । त्यति धेरै रुपैया उनी सित थिएन । पैसाको जोहो गर्न नसक्ने भएपछि चुनाबमा भाग नलिने सोच गरिन ।
कामकै शिलशिलामा धनगढी जिल्ला विकाश समिती हालको जिल्ला समन्वय समितीमा पुगिन । त्यहाको अधिकृतलाई चुनाब लडन पैसा लाग्ने कुरा साधे धेरै पैसा लाग्दैन पचास हजार भन्दा बढी खर्च गरे कार्बाहि हुने बताएपछि आफू ढुक्क भएको सेरेलाले बताइन ।
सोही क्रममा दलित महिला अधिकार मंचले आयोजना गरेको चूनाब सम्बन्धि अन्तरक्रियामा सहभागि भईन त्यहाबाट पनि धेरै कुरामा प्रष्ट भएको उनले बताईन । कार्यक्रममा सहभागि हुदा आत्मविश्वास बढेको र निर्बाचनमा भाग लिने अठोट लिएको बताउछिन । निर्बाचन मिती, सदस्यता दर्ता मिती तोकीए संगै आफनो नाम पनि दर्ता गरिन ।
च्ूानाबी प्रचारप्रसारको क्रममा धेरैले आक्षेप पनि लगाए । कतीले त गैह्र दलित र दलित बीच बिबाह चलाउने,गाई काटेर खुवाउने सम्मको हल्ला गाउंमा फैलाए । र भोट नदिने कुरा गरेको थाहा पाउदा जित्दीनकी जस्तो पनि बिमलालाई लागेको थियो उनी भन्छिन सबैको सहयोग पाए अन्तिममा राम्रै भोट ल्याएर टिम नै विजयी भयो । आफू बिजयी हुदा निकै खुशि भए खुशीको कुनै सिमा थिएन फूलमाला अबिर लगाउदा गौरब लागेको थियो आफनो खुशी व्यक्त गर्दै भनिन अहिले म नगरको कार्यपालिका सदस्यमा पनि छु ।
दलित समुदाय,दलित महिला, पिछडिएका हिंसामा परेका महिला बलबालिका सम्पुर्ण समुदायको विकाश हुने काम गर्ने उनको भनाई छ । एक पक्षिय नहेरेर बालबालिका,महिला,अपाङ्गता,संक्रमित सबैको योजना फाराम भरि पास गरेको उनले बताईन । राजनीतिक रुपमा सहभागिता हुनका लागि प्ररेणा प्रदान,क्षमता अभिवृद्धि तालिमहरु दिई सहयोग गरेकोमा दलित महिला अधिकार मंच प्रति आभारी भएको बताउछिन । बिमला बिगत ३ वर्ष देखी यस संस्थाका कार्यक्रममा सहभागि तथा आबद्ध छिन ।