नागरिक समाजको भूमिकाबारे अन्तक्र्रिया
 September 26, 2017
धनगढी
धनगढीमा सोमबार स्थानीय सरकार गठनपछि नागरिक समाजको भूमिकाबारे छलफल भएको छ । दलित महिला अधिकार मञ्चको आयोजनामा भएको कार्यक्रममा परिवर्तित सन्दर्भमा नागरिक समाजको भूमिकाबारे चर्चा भएको थियो ।
कार्यक्रममा कैलाली वार एसोसिएसनका अध्यक्ष प्रेम चन्द, इन्सेकका कृष्ण विक, चक्रबहादुर विक, वडा सदस्य माया ताम्राकार, निर्मला रिजाल, सुरेश परियार, पद्मा चन्द, जनक भूल, दीपक नेपाली, वेद अवस्थीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मञ्चका अध्यक्ष बिमला बगालेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक सावित्रा घिमिरेले कार्यक्रमको उद्देश्यबारे जानकारी दिएकी थिइन् ।