भैगोलिक विकटताका कारण गर्ववति महिलाहरुलाई स्वास्थ्य चौकी आईपुग्न समस्या
असोज ४,
भौगोलिक बिकटता र स्रोत साधनहरुको अभावले महिलाहरुले समस्या खेपीरहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । कतिपय गर्ववती महिलाहरु स्वास्थ्य चौकी आउन नसक्ने आउन नसक्दा ज्यान समेत गुमाउनु परिरहेको उनीहले बताएका हुन । ओलानी बाट टाढा रहेका वडाका महिलाहरुले स्वास्थ्य चौकी आईपुग्न हिडेरै आउनु पर्ने बाध्यताका कारण बाटोमै बच्चा जन्मने र स्वास्थ्य संस्थामा नल्याई फर्किनाले विभिन्न समस्या आई आमा र बच्चाको मृत्यु हुने गरेको गोदावरी स्वास्थ्य चौकीका सि.अ.न.मी चन्द्रा भाटले बताउनुभयो । गोदावरी नगरपालिका ओलानीमा भएको महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतनामुलक अभिमुखिकरण कार्यक्रममा सहजकर्ताका रुपमा आउनुभएकी भाटले यस्तो बताउनुभएको हो । प्रजनन सम्बन्धि जनचेतना दिने उदेश्यले असोज ४ मा गोदावरी नगरपालिकाका ओलानीका महिलाहरुको सहभागितामा सो कार्यक्रम सम्पन्न गरिएको थियो । गोदावरीभन्दा टाढा रहेका कोलमुडा लगायतका ठाउंहरुबाट स्वास्थ्य संस्थामा आउने गर्ववति महिलाहरुका लागि बाटो तथा यातायातका साधनहरुको व्यवस्था गर्न सके महिलाहरुले समयै उपचार तथा स्वास्थ्य सम्बन्धि जानकारी पाउने सहभागिहरुको भनाई रहेको थियो ।
कार्यक्रममा सहभागि सारदा कार्कीेले महिलाहरुको पाठेघर खस्ने,यौन रोग सम्बन्धी जानकारी पाएको र सो कुरा अन्य महिलाहरुलाई जानकारी दिने बताईन । कार्यक्रमको संचालन दलित महिला अधिकार मंचकी सामाजिक परिचालक देकुमारी विकले गर्नुभएको थियो भने कार्यक्रमको उदेश्य तथा स्वागत दलित महिला अधिकार मंचकी अभिलेखिकरण अधिकृत निर्मला विसीले गर्नुभएको थियो । कार्यक्रममा ४६ जना महिलाहरुको सहभागिता रहेको थियो ।