सरकारी निकायहरुलाई जिम्मेवार वनाउनमा युवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
भदौ २९
पछिल्लो समयमा युवाहरु सरकारी निकायबाट प्राप्त सेवासुविधा बारे जानकारी लिन कार्यालयमै जान थालेका छन । युवा तथा समग्र नागरिकले पाउने सेवासविधा के कति छन र कति बजेट छ भन्ने कुराको समेत जानकारी लिन थालेका हुन । ओएसएफको आर्थिक सहयोग तथा दलित महिला अधिकार मंच नेपालको आयोजनामा कानुनि शसक्तिकरण गर्दै महिलाको न्यायमा पहुच कार्यक्रम अन्तरगत पहलमानपुरमा भएको एक कार्यक्रममा युवाहरुले यस्तो बताएका हुन । सरकारी निकायहरुलाई जिम्मेवार वनाउनमा युवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागि ज्ञानु चौधरीले वडा,नगरपालिका गएर सोधपुछ गर्ने,र सो जानकारी गाउटोलमा गएर जानकारी दिने गरेको बताउनुभयो । सो अन्तरक्रिया कार्यक्रमको उदेश्य दलित महिला अधिकार मंच नेपालकी अभिलेखिकरण अधिकृत निर्मला विसीले राख्नु भएको थियो भने वडा सचिव सुरज राज पौडेलले सहजीकरण गर्नुएको थियो । घोडाघोडी नगरपालका १०का वडाध्यक्ष भिम व बम,पत्रकार गगन कठायत लगायत ४९ जनाको सहभागिता रहेको कार्यक्रमको संचालन समाजिक परिचालक हिरामोती चौधरीले गर्नुभएको थियो ।