तीन वर्ष भित्र जातिय विभेद अन्त्य गरिने लक्ष्य
भदौ २६
कैलालीको कैलारी गाउंपालिकालाई जातिय विभेद अन्त्य गरिने लक्ष्य लिएको जानकारी दिईएको छ । आगामी तीन वर्ष भित्र सो गाउपालिकामा जातिय विभेद अन्त्य गर्ने लक्ष्य रहेको कैलारी गाउंपालिकाका अध्यक्ष अकिंत चौधरीले एक कार्यक्रममा जानकारी दिनुभएको हो । डिसिएको आर्थिक सहयोग तथा दलित महिला अधिकार मंच नेपालद्धारा हसुलियमा सञ्चालित जनप्रतिनिधि वडाध्यक्ष र महिला सदस्यहरुलाई नेतृत्व विकाश सम्बन्धि दूई दिने तालिम उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले विषयगत समितीमा जनप्रतिनिधी समावेश गरेको र समितीमा बजेट छुटयाउन नेतृत्वसीपको तालिमले सहयोग गर्ने पनि बताउनुभएको छ । जननिर्वाचित महिला,दलित महिला तथा वडा अध्यक्षहरुको नेतृत्व विकाश गर्ने उदेश्यले तालिम संचालन गरिएको संस्थाकी कार्यकारी निर्देशक सावित्रा घिमिरेले बताउनभयो । दलित महिला अधिकार मंचकी अध्यक्ष विमला बगाले सभाध्यक्ष रहनुभएको कार्यक्रमको उदघाटन कैलारी गाउंपालिकाका अध्यक्ष अकिंत चौधरीले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अथिति उपाध्यक्ष लक्ष्मि चौधरी,प्रहरी सहायक निरिक्षक हर्क बहादुर बुढा रहनुभएको थियो भने कार्यक्रमको संचालन कार्यकारी निर्देशक साबित्रा घिमिरेले गर्नुभएको थियो । दुई दिन सम्म सचांलन हुने ताललिममा ३५ जना जनप्रतिनिधिहरुको सहभागिता रहेको छ भने डा.जानकी तुलाधरले प्रशिक्षण गरिरहनुभएको छ ।