महिला हिंसा समाधानका लागी प्रहरी संग संवाद कार्यक्रम सम्पन्न
कैलाली,भदौ २०
महिला हिंसा विरुद्धका घटना प्रति ईलाका प्रहरी कार्यालय मसुरियाले सहजै सेवा दिईरहेको एक कार्यक्रममा प्रहरीले बताएका छन । मंगलबार गौरीगां नगरपालिका मसुरियामा दलित महिला अधिकार मंच द्धारा आयोजित महिला हिंसा समाधानका लागि प्रहरी संग संवाद कार्यक्रममा प्रहरीले बताएका हुन । तर ईलाका प्रहरीबाट पाउने सेवा पाईरहेको भएपनि पिडितले चित्त बुझदो न्याय पाउन नसकेको सहभागिहरुले गुनासो गरेका थिए । महिला माथि हुने हिसां समाधानका लागि आगामी दिनमा पनि आफू लागिहरहने ईलाका प्रहरी कार्यालय प्रमुख मदनराज जाशीले बताउनभयो । दलित महिला अधिकार मंच नेपालकी अध्यक्ष तथा सो कार्यक्रमकी सभापति विमला बगालेले संस्थाले महिला हिंसा विरुद्ध काम गर्दै आईरहेको अवगत गराउदै हिसां विरुद्ध सबैले आ–आफनो ठाउबाट लाग्नुपर्ने बताउनुभएको छ । उक्त संवाद कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।