Dalit Women Right Forum (DWRF) NEPAL

Dhangadhi, Estd 2064

महिलाहरुको प्रजनन सम्बन्धि जनचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

  August 16, 2017

चौमाला,

महिलाहरुको प्रजनन सम्बन्धि जनचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रजनन सम्बन्धि जनचेतना दिने उदेश्यले साउन २९ मा गौरीगंगा नगरपालिकाका चौमाला र झिलका महिलाहरुको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको हो । प्रजनन तथा सरुवा रोगहरुका विषयमा महिलाहरु खुलेर बोल्न सकेका छैनन भने कतिपय सरुवा तथा यौन रोगहरु स्वास्थ्य केन्द्रमा आएर समेत नबताउने गरेको स्वास्थ्य केन्द्र चामौलाकि स्वास्थ्यकर्मी यसोदा सापकोटाले बताउनुभयो । कार्यक्रममा सहभागि महिलाहरुले आफना समस्याहरु र गाउछिमेकमा भएका समस्याहरु समेत राखेका थिए । कार्यक्रमको सहजीकरण मसुरिया स्वास्थ्य चौकीका अ.हे.ब मान बहादुर रानाले गर्नुभएको थियो भने कार्यक्रमको उदेश्य तथा स्वागत दलित महिला अधिकार मंचकी अभिलेखिकरण अधिकृत निर्मला विसीले गर्नुभएको थियो । कार्यक्रममा ४८ जना महिलाहरुको सहभागिता रहेको थियो ।