दोस्रो पंञ्च वर्षिय रणनीती योजना तर्जुमा सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

जेठ १४
दलित महिला अधिकार मंच नेपालको दोस्रो पंञ्च वर्षिय रणनीती योजना तर्जुमा सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्थाका कर्मचारी तथा कार्यसमिती सदस्यहरुको सहभागितामा उक्त गोष्ठि आज सम्पन्न भएको हो । जेठ १२ गते देखि संचालन भएको गोष्ठिको सहजीकरण दिपक प्रसाद बस्यालले गर्नुभएको थियो । संस्थाको आगामी पंच वर्षिय रणनीती योजनाको लक्ष्य तथा उदेश्य, रणनीतीहरु र क्रियाकलापमा छलफल गरीएको थियो । कार्यशाला गोष्ठि कार्यक्रममा प्रशिक्षक दिपक प्रसाद बस्यालले यस योजनाले कर्मचारी तथा कार्यसमितीलाई काम गर्न सहज बनाउने बताउनुभएको छ । उहांले संस्था अब प्रदेश स्तरीय भएकको र प्रदेशका अन्य क्षेत्रमा तथा जिल्लामा कार्य बिस्तार गर्न सुझाब दिनुभएको छ । दलित महिला अधिकार मंच नेपालकी संस्थापक अध्यक्ष साबित्रा घिमिरेले पहिलो पञ्ंच वर्षिय योजना बनाउदा स्रोत कहां बाट ल्याउने लागेको थियो अहिले दोस्रो पंञ्च वर्षिय योजना बनाउदा गर्व महसुस भएको बताउनु भयो । साथै उहांले छलफलबाट राम्रा कुरा आएको र यसले संस्थालाई अगाडी लैजान मार्गनिर्देशन हुने बताउनु भयो ।