योजना तथा बजेट निर्माण प्रक्रिया सम्बन्धि वडा स्तरिय अन्तरक्रिया सम्पन्न

बैशाख २६
योजना तथा बजेट निर्माण प्रक्रिया सम्बन्धि वडा स्तरिय अन्तरक्रिया सम्पन्न भएको छ । ओएसएफको आर्थिक सहयोग तथा दलित महिला अधिकार मंच नेपालद्धारा आयोजित कार्यक्रम गोदावरी नगरपालिकाको कोलमुडा र र गौरीगंगा नगरपालिकाको चौमाला र मसुरियामा सम्पन्न भएको होगोदावरी नगरपालिकाको कोलमुडा र र गौरीगंगा नगरपालिकाको चौमाला र मसुरियामा सम्पन्न भएको हो । स्थानीय तहले बजेट निर्माण प्रक्रियामा महिला तथा लक्षित बर्गका योजना छनौट तथा कार्यक्रमलाई प्राथमिकतामा राख्न र योजना छनौट प्रक्रियाका विषयका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा सहभागि महिलाहरुले योजना छनौटका विषयमा जानकारी नभएको र वडा भेलामा आफूहरुलाई जानकारी नै नगराउने बताएका थिए । साथै आगामी आर्थिक वर्षका लागि महिलाहरुले व्यवसायमुलक र अनुदान सहितको कार्यक्रम ल्याउन माग समेत गरेक छन । गोदावरी नगरपालिका १२ का वडाध्यक्ष भिम वहादुर खडकाले यो आर्थिक वर्षको अन्त्यमा भएको र सबै कार्यक्रमहरु सम्पन्न भएको जानकारी दिदै कृषि तालिम कार्यक्रम बाकी रहेकाले त्यसैमा सोही क्षेत्रका दलित तथा सिमान्तकृत समुदायका महिलाहरुका लागि यसै महिना भित्र दिने बताए । त्यस्तै गौरीगंगा नगरपालिका २ चौमालाका वडाध्यक्ष जनक बहादुर साउँदले महिला हिंसा न्युनिकरण सम्बन्धि कार्यक्रमहरु दलित महिला अधिकार मंच नेपाल संग समन्वय गरी अभियानका रुपमा संचालन गर्नका लागि बजेट छुटयाउने बताए । त्यस्तै सोही नगरपालिका ९ का अध्यक्षले जानकारीमुलक कार्यक्रम संगै महिलाहरुको आर्थिक अवस्थामा सुधार आउने खालका कार्यक्रम ल्याए आफुहरु पनि सहकार्य गर्ने बताए । तर कार्यक्रममा सहभागि धेरै जसो महिलाहरुले भने वडा कार्यालयबाट लक्षित बर्गका कार्यक्रममा सहभागि ने नभएको बताएका थिए ।