सहभागीता मूलक योजना तर्जुमा सम्बन्धी तालिम
दलित महिला अधिकार मञ्च नेपालले कैलारी गाउँपालिकामा सहभागीता मूलक योजना तर्जुमा सम्बन्धी तीन दिने तालिम बुधबार सम्पन्न गरेको छ । बैशाख ९ देखी ११ गते सम्म संचालन गरिएको तालिम आज सम्पन्न भएको हो ।
दलित महिला तथा सिमान्तकृ समुदायहरु गाउँपालिकामा योजना कसरी पेश गर्ने, योजना छनौट प्रक्रिया र त्यसका चरणहरुबारे जानकारी गराइएको थियो ।
तालिममा सहभागीहरुबाटै नमुना योजना बनाइएको थियो । योजना बनाउँदा बस्तु स्थितिको लेखाजोखा गरेर लिखितरुपमा योजना पेश गर्ने बिधि र प्रक्रिया सिकाइएको दलित महिला अधिकार मञ्च नेपालका कार्यक्रम संयोजक रोशा थापाले जानकारी दिईन् ।
उनले यो भन्दा पहिला पनि यस्तै तालिम सञ्चालन गरिएको बताउदै गत वर्ष समुदायले महिला र दलितलाई लक्षित गरेर योजना पेश गरेको बताईन् । तर यो वर्ष महिला, दलित बालबालिका र यूवाहरुलाई लक्षित गरेर योजना पेश गर्ने समुदायको योजना रहेको बताईन् ।
कैलारी गाउँपालिकाका सामाजिक विकास अधिकृत यगम कलेलले गाउँपालिकाको आन्तरिक आयस्रोत कसरी जुटाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । तालिममा ३० जना सहभागीहरुको उपस्थिति रहेको थियो । बैशाख १२ देखि १४ सम्म गौरीगंगामा पनि यस्तै तालिम सञ्चालन गर्न लागेको संयोजक थापाले जानकारी दिईन् ।
केर्नी न्युजबाट साभार