समन्वय बैठक सम्पन्न

चैत २६
लक्षित वर्गको वजेट लक्षित वर्ग सम्म नपुगेको र वडामा भएका कायृक्रम , तालिम आफूहरुले नपाएको महिलाहरुले बताएका छन । ओएसएफको आर्थिक सहयोग तथा दलित महिला अधिकार मंच नेपालको आयोजनामा गोदावरी नगरपालिकामा भएको समन्वय बैठकमा यस्तो बताएका हुन । गोदावरी नगर प्रमुख हरि सिं साउदले लक्षित वर्गको बजेट उनीहरु सम्म नपुगेको टाठाबाठाले बजेट लिने गरेको बताएका थिए । साथै आगामी आर्थिक वर्षमा नगरपालिकाले लक्षित वर्गको पहुच हुने गरी कार्यक्रम ल्याउने बताएका थिए । उपप्रमुख रत्ना कडायतले लक्षित वर्गका लागि बढी मात्रामा बजेट विनियोजन गरिनुपर्छ भन्दै आफू लागि रहेको बताएकी छनन ।
साथै आगामि आर्थिक वर्षमा एक करोड बजेट छुटाउने र सबै वडाका महिलाहरुलाई समेटेर सबैको पालो आउने गरी तालिम तथा कार्यक्रमहरु संचालन गर्ने समेत बताएकी छन । त्यस्तै वडाध्यक्ष भिम साउदले आगामि वर्षका लागि महिलाहरुलाई आत्मनिर्भर हुने खालका योजना ल्याउन आग्रह गरेका छन । यस्तै वडाध्यक्ष शिव वि कले छाउपडि गोठ भत्काउने योजना बनाएको र बैसाख देखी सुरु गर्ने र एक वर्ष भित्रमा ९५ प्रतिशत छाउगोठ मुक्त गरिने बताए । वडा नम्बर ७ का हेमराज ओझाले भने छाउगोठ तत्कालै हटाउन नसकिने विस्तारै हटदै जान्छ उनले बताए। उक्त कार्यक्रममा स्वास्थ्य चौकी मालाखेतीका प्रमुख शिवराज पनेरु, इलाका प्रहरी कार्यालय प्रमुख, गोदावरी नगरपालिका महिला साखा प्रमुख , प्रशासकीय प्रमुखहरुले उक्त निकायले दिने सेवासुविधका बारेमा जानकारी दिएका थिए भने उक्त सेवा सुविधमा लक्षित वर्गको कसरी पुहुच पु¥याउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो । सो कार्यृक्रम दलित महिला अधिकार मंच नेपालकी अध्यक्ष सावित्रा घिमिरेको अध्यक्षता गोदावरी नगरपालिकाका मेयर हरि सं साउद प्रमुख अथिति रहेका थिए भने विशिष्ट अथिती उपमेयर रत्ना कडायत रहेकी थिईन। साथै विभिन्न वडाका जनप्रतिनीधिहरु, पारालिगल, समुदायीक महिलाहरुको सहभागिता रहेको कार्यक्रमको संचालन कार्यक्रम अधिकृत निर्मला विसीले गरेकी थिईन ।