दलित महिला अधिकार मञ्चको अध्यक्षमा सावित्रा घिमिरे

धनगढी, ३० फागुन । दलित महिला अधिकार मञ्च नेपालको १०औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशनले संस्थाका कार्यकारी निर्देशक सावित्रा घिमिरेलाई अध्यक्षमा सर्वसहमत चयन गरेको छ ।
अधिबेशनले संस्थाको आर्थिक तथा वार्षिक प्रगति विवरण र नियामावली तथा निर्देशिका संशोधन गरेको छ । साथै संस्थाको सचिब उन्नती चौधरीको अध्यक्षतामा भएको अधिबेशनले सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
नवनिर्मित कार्यसमितिमा अध्यक्ष, सचिब, कोषाध्यक्ष क्रमशः सावित्रा घिमिरे, उन्नती चौधरी, निर्मला वि.क. चयन भएका छन् । त्यसै गरी सदस्यमा सीता शोव, कौशिला नेपाली, इन्द्र दानपाली र सपना विसी रहेका छन् ।
कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालका पूर्व अध्यक्ष तथा राजपाका जिल्ला उपाध्यक्ष निर्मला रिजाल, ओरेक नेपालका संयोजक विनु राना, कमैया प्रथा उन्मूलन समाजका सदस्य राजनपति चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दलित महिला अधिकार मञ्चका कर्मचारी निर्मला विसीले कार्यक्रम सञ्चालन गरेका थिइन् ।
केर्नी न्युजबाट साभार