धनगढीमा शिवरात्रीकै दिन दलितलाई पूजा गर्न रोक लगाउने पुजारी पक्राउ
 March 5, 2019
फागुन २०
शिवरात्रिको उल्लास चढेकै बेला धनगढीको एक शिवालयमा दलित समुदायलाई पूजा गर्नबाट रोक लगाउने पुजारीलाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–५ जाई स्थित भैरव मन्दिरमा स्थानीय दलित समुदायलाई पूजा गर्नबाट रोक लगाउने पुजारी मातालाई पक्राउ गरिएको हो । जातीय विभेद गरी दलितलाई पूजा गर्न रोक लगाईएपछि प्रहरीले ४० वर्षीया पुजारी गंगा गिरीलाई पक्राउ गरेको हो । डोटीको सिलगढी घर बताउने पूजारी गिरीलाई पक्राउ गरी जिल्ला प्रहरी गरिएको प्रहरीले जनाएको छ।
दिनेश खबर डटकमबाट साभार