महिलाहरुको हक अधिकारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने छु

मेरो नाम गोमा भण्डारी हो । मेरो घर गौरीगंगा न.पा.९ मसुरियामा पर्छ । मेरो परिवारमा म लगायत ,श्रीमान,दूई छोरा एक बुहारी गरी पांच जना र एक अनाथ बालिका सहित ६ जनाको परिवार छ । हालै सम्पन्न भएको स्थानीय चुनाबबाट वडा सदस्य पदमा निर्बाचित भएकी छु । दलित महिला अधिकार मंच नेपाल द्धारा संचालित कानुनि सशक्तिकरण गर्दै महिलाको न्यायमा पहुच कार्यक्रम अन्तरगत गठन भएको महिला सचेतना समुहको पुर्व सदस्य पनि हु ।
म एक हिंसा पिडित महिला हु । श्रीमानले जाड रक्सी खाएर मलाई कुटपिट गर्नुहुन्थ्यो । बाहिरको मान्छे कसैसँग बोल्न पाईदैन थियो । संका गर्ने गालि गर्ने घरबाट बाहिर जान नदिने,जानै परे सोधेर मात्र जानुपथ्र्यो । जति पिटेपनि सहेरै बस्थे श्रीमतिले हुं सहनु पर्छ लाग्थ्यो । एक्लैले घरको काम घांसदाउरा सबै भ्याउनुपथ्र्यो । यसैमा दिनहरु वित्दथे । सबै महिला दिदिबहिनी गाउंमा कुनै समुह,बैठक,कार्यक्रममा जान्थे म भने जान पाउदिन थिए । घर अनि घासदाउराको काम बाहेक अरु बाहिरको कुरा केही पनि थाहा हुदैन थियो ।
जब दलित महिला अधिकार मंचले हाम्रो वडामा कार्यक्रम संचालन ग¥यो म पनि सहभागि हुने मौका पाए । कार्यक्रममा महिलाले हिंसा सहेर बस्न हुदैन,हिंसा भएमा कानुनि सहायता लिनुपर्दछ ,महिला हक अधिकारका बारेमा पनि थाहा पाए । साह्रै मन प¥यो,आफनो दुख सम्झिए हिंसा सहेर बसेकी रहेछु भन्ने लाग्यो । त्यसपछि संस्थाले समुह पनि गठन ग¥यो । म पनि सदस्य भए । श्रीमानले गालि गरेपनि पिटेपनि हरेक बैठक तथा कार्यक्रममा सहभागि हुन्थे । यस संस्थाले मलाई धेरै कुरा सिकायो । म श्रीमान संग पनि लड्न थाले बोल्न सक्ने भए प्रतिकार गर्न थाले । गांउमा धेरै हिंसाका घटनाहरु हुन्थे समुह मार्फत प्रहरी कार्यलयमा पनि जान थाले । प्रहरीले सम्झाईबुझाई मिलापत्र गराई पठाउदो रहेछ भन्ने राम्ररी थाहा पाए । पिडितले प्रहरीमा उजुरी गर्दा न्याय पाउने,मुद्दा हालेमा कानुनि सहायता पाउने रहेछ भन्ने कुराको जानकारी पाए । विस्तारै सामाजिक कार्यमा पनि सहभागि हुन थाले । वडामा आउने बजेटका विषयमा पनि जानकारी लिन थाले । सरकारी कार्यलयहरुबाट महिलाले धेरै किसिमका सेवासुविधा पाउने रहेछ भन्ने कुराको जानकारी पाए र अरुलाई पनि यस विषयमा जानकाी दिन थाले ।
यसरी आफूलाई धेरै परिवर्तन भएको लाग्यो यी सबै कुराको जानकारी लिनुपर्छ आफनो हक अधिारका लागि लडनुपर्छ भन्ने कुरा दलित महिला अधिकार मंचमा आबद्ध भएपछि थाहा पाएकी थिए । अहिले पछाडी पारिएका दलित वर्गका महिला र अन्य समुदायका महिला लाई पनि जनचेतना जगाउने कार्यक्रममा सहभागी हुने गरेकी छु । पहिले भन्दा घर छरछिमेकको पनि सोच परिवर्तन भएको छ ।
स्थानीय चूनाव हुने कुराको चहलपहल हुन थाल्यो । त्यति बेला दलित महिला अधिकार मंच नेपालले राजनीनितीमा महिलाले सहभागि हुनुपर्छ,आफनो हक अधिकारका लागि लडनु पर्छ भनेर विभिन्न क्षमता अभिवृद्धिका कार्यक्रम तथा तालिममा सहभागी गराएर क्षमता अभिवृद्धि गर्दै नेतृत्व विकासमा सहयोग हुने खालको जनचेतनामुक कार्यक्रम संचालन ग¥यो । त्यसपछि मैले पनि चूनावमा उम्मेदवारी दिने सोच बनाए । घरमा सल्लाह गरे श्रीमानले पनि सहयोग गर्नुभयो । साथै सचेतना समुह छरछिमेकबाट पनि प्रोत्साहन पाए । जित्छु जस्तो लाग्यो ।
जब निर्बाचन सकियो विजयी भए मेरो खुशिको सिमा नै रहेन । सबैलाई धन्यवाद दिन चाहान्छु अझ बढी धन्यवाद दलित महिला अधिकार मंचलाई दिन चाहान्छु किनकी मलाई यहां सम्म पुग्न धेरै सहयोग गरेको छ । अब स्थानीय निकाय संग जोडिएकीछु मेरो जिम्मेवारी पनि बढेको छ । मैले महिलाका लागि धेरै कामहरु गर्नुछ । महिलाहरुलाई अगाडि याउनका लागि सिपमुलक र आयमुलक तालिमका साथै क्षमता अभिवृद्धि गर्ने खालको कार्यक्रम गराउने योजना रहेको छ। । र महिलाहरुको हक अधिकारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने छु ।