दलित महिला अधिकार मंञ्च बाट पाएको प्रेरणाले वडाध्यक्ष बन्न सफल भए

१५ वर्षकै उमेरमा विवाह भयो । विवाह भएको वर्षदिनमै श्रीमानको मृत्यु भयो । १६ वर्षको कलिलै उमेरमा श्रीमान गमाउनु पर्दाको पिडा एका तिर थियो भने समाजले हर्ने नजर अर्को तिर । केही समय घरमा वस्न सक्ने अवस्था थिएन । धरैले कुरा काट्थे केही समय माईती घर बसिन त्यसपछि पुनः आफनै घर बस्न थालिन । गौरीगंगा नगरपालिका ६ की ४८ वर्षिया कमला कुमारी ओझाले सुनाईन । एक छिनको मौनता पछि, फेरी भनिन आज म यस वडाको वडाध्यक्ष पदमा छु । मुहारमा उत्साह, आशा अनि आत्मबल बढेको भावमा उनले भनिन । यो प्रेरणा दलित महिला अधिकार मंचबाट पाएकी हु । हुन त यसभन्दा अघि पनि पार्टि तथा सामाजिक सेवामा लागिरहेकी पनि थिईन ।
जिवनमा धेरै संघर्ष गर्न प¥यो उनलाई । वि.स २०३१ सालमा डोटी मुडेगाउंमा जन्म भई १० वर्षको उमेरमा तराई झरेको थियो ओझा परिवार । वि.स २०४० सालमा आएको बाढी पहिरोले उनको घरखेत गांउ नै बगाएपछि तराई झरेका थिए । धेरै पढ्ने उनको सपना पहिरो संगै बग्यो । कक्षा ५ सम्म गाउंमै जेनतेन पढिन तराई झरेपछि आर्थिक अभाव तथा परिवारका कारण पढ्न सकिनन । पढ्ने धोको पुरा गर्ने उदेश्यले खुला शिक्षामा उनी भर्ना भईन कक्षा १० सम्म पढिन ।
सानै देखी आयआर्जनका काममा महिलाले लाग्नुपर्छ आर्थिक रुपमा सक्षम हुनुपर्छ पुरुषको भर पर्नुहुदैन भन्ने सोच उनमा थियो । म पनि एकल महिला र हिंसा पिडित महिलाहरुलाई कानुनी सहायता गरिरहेकी छु । ओझाले भनिन श्रीमानको मृत्युपश्चात बाकी जिवन सामाजिक सेवा गर्दै विताउने सोचका साथ गाउमा हिंसापिडित तथा सबै महिलाहरुलाई संगठित गर्दै गए । उनी समुह बनाउदै आफै महिलाले आत्मनिर्भर हुनुपर्छ भन्ने कुराको बारेमा सिकाउदै गईन । समाजले हेर्ने दृश्टिकोण फेरिदै गयो । महिलाहरुलाई सहयोग गर्दै जादा विभिन्न समुहमा आबद्ध तथा राजनीतिक पार्टिमा पनि आबद्ध भईन हुने मौका पाईन । त्यसपछि घरका परिवारले उनलाई सहयोग गरे । विगत पांच वर्ष देखी यता दलित महिला अधिकार मंचमा पनि आबद्ध भए धेरै कुरा सिक्ने जान्ने अवसर पाएको ओझाले बताईन ।
करिब बिस वर्षपछि हुन गईरहेको चूनिाबको चहलपहल बढन थाल्यो नगरपालिकामा उपमेयरमा लड्ने सोच राखेकी ओझाले आर्थिक अभावका कारण उम्मेदवारी दिन सकिनन । आफूले मेलमिलाप केन्द्रमा काम गर्दा पाएको पारिश्रमीक र तरकारी बेचेर जम्मा गरेको एक लाख रुपैया मात्रै थियो । परिवार संग सल्लाह गरिन । चुनाव लडन पुग्दैनकी भन्ने चिन्ता थियो मनमा । जेठाजु धर्मराज शर्माले म सहयोग गर्छु चुनाव लडनुस भन्नु भयो । धेरै खुशी लाग्यो ओझाले भनिन । त्यसपछि वडाध्यक्ष पदका लागि दाबि गरिन । सोही क्रममा धेरैले विधुवा महिलाले के गर्न सक्छ त्यस्ता महिलाले बाटो काटेपनि अलच्छिन लाग्छ जिताउन हुदैन भन्ने आरोप समेत लगाएको उनले बताइन म कत्ति पनि पछाडि हटेन अनुगमनका लागि पार्टि कार्यकर्ता गाउंमा आए पुरुषले सहयोग नगरेपनि महिलाहरुको भोटले जित्छु भन्ने सोच थियो । उनले थपिन, सबै महिलाहरुले हामी महिलालाई नै जिताउछौ कमलाको पक्षमा छौ हामी भने पछि पार्टी पनि टिकट दिन बाध्य भयो । टिकट पाईसकेपछि पनि एकल महिला हो जिताउन हुदैन भन्दै विभिन्न आरोप समेत लगाए । आफनै आफन्तहरु समेत विपक्षमा थिए । तर आफू जित्नेमा ढुक्क थिईन ओझा । र ८ सय ३२ भोट ल्याएर जितिन पनि ।
च्ुानाव हुनु अगावै दलित महिला अधिकार मंचले राजनितीमा सिमान्तकृत तथा दलित महिलाको राजनीतिमा सहभागिता हुनुपर्छ भन्दै जनचेतनामुलक कार्यक्रम वडाहरुमा संचालन गरेको थियो । सोह िकार्यक्रममा महिलाले पनि चुनावमा भाग लिनु पर्छ आफनो अधिकारका लागि लडन पर्छ राजनीतिमा सहभागि हुनुपर्छ भन्ने कुराले थप उर्जा उनमा थपेको ओझाले बताईन ।
अहिले वडाध्यक्ष पदको रुपमा काम गर्ने मौका पाएकि छु । वडामा आएको वजेट तर्जुमा र योजना निर्माण गर्न सक्ने हुदा निकै खुशि लागेको छ । हिसांपिडित महिला तथा पिछडिएका समुदायका क्षेत्रमा काम गर्न थप हौसला मिलेको छ । आगामी दिनमा पछाडी पारिएका महिला,दलित,तथा सिमान्तकृत समुदायका लागि सिपमुलक र आयमुलक कार्यक्रमका साथै क्षमता अभिवृद्धि गर्ने खालको कार्यक्रम गराउने योजना ल्याएको उनले वताईन ।
अन्तमा, आज यो स्थान सम्म पुग्न सहयोग गर्नुभएकोमा दलित महिला अधिकार मंचलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु उनले भनिन, आउदा दिनमा यस वडामा दलित महिला अधिकार मंच संग समन्वय गरी काम गर्नेछु । र पाचं वर्ष भित्रमा नमुना वडा बनाउने प्रतिबद्धता समेत ओझाले गरेकी छन ।