Dalit Women Right Forum (DWRF) NEPAL

Dhangadhi, Estd 2064

Message from chairperson

binita-wagle

दलित महिला अधिकार मंच नेपालले गरेका विभिन्न गतिविधीलाई समेटेर बार्षिक प्रगती प्रतिवेदन प्रकाशन गर्न लागीरहेकोमा हामी गर्व गर्दछौ । यसमा संस्थाले गरेका कार्यहरु जो महिला अधिकार,मानव अधिकारका सवालहरु को अवस्था बारे जानकारी दिने प्रयास गरिएको छ ।महिला अधिकार,मानव अधिकार संवद्धन र संरक्षण गर्नका लागी दलित महिला अधिकार मंच स्थापना भएको हो । संस्था स्थापना भएको आठौं बर्षमा प्रवेश गरेको छ । महिलाहरु पनि यो देशका नागरिक हुन् । अझै पनि राज्यले महिलाहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरि रहेको छ । राज्यको हरेक संरचनामा महिलाहरुको नितीगत रुपमा अर्थपुर्ण सहभागीता हुन सकिरहेको छैन र त्यसैले उनिहरुले पनि स्वतन्त्र र सम्मानपुर्वक बाँच्न पाउने हरेक नागरिकको चाहना हुन्छ । मानव अधिकार उपभोग गर्न पाउनु हरेक नागरिको अधिकार हो । पछाडी पारिएका समुदायलाई विकासको प्रमुख बाहकका रुपमा हेरिनु पर्दछ । राज्यको मुल प्रवाहमा ल्याउन निती तय गरि लागु गर्नु पर्दछ । महिला अधिकार, मानव अधिकारका लागी राष्ट्यि अन्तराष्ट्यि थुप्रै दस्तावेज हरु छन् तर ब्यवहारिक कार्यान्वय हुन एकदमै कठिनाई रहेको छ । जती पनि काुननका दस्तावेजहरु छन् तिनलाई ब्यवहारिक कार्यान्वयन गर्दै महिलाहरुलाई कानुनी रुपमा सशक्त बनाउदै न्यायमा सहज पहुँच र निर्णायक तयमा महिलाको सहभागिता बृद्धि गनुृ नै आजको आवश्यकता रहेको छ । महिला अधिकार ,मानव अधिकार संरक्षण, सम्मान र परिपुर्ति गर्ने राज्यको दायित्व हो ।
यसै सन्दर्भमा दलित महिला अधिकार मंच (DWRF) नेपालले ओपन सोसाईटी फाउण्डेसन र एलान्स फर सोसल डाईलक, ग्लोवल फर फण्ट फर ओमेन र स्त्री शक्ति नेपालको संयुक्त साझेदारीमा सन् २०११ देखि निरन्तर रुपमा कैलाली जिल्लामा महिला अधिकार संवद्धन र संरक्षण गर्नका लागि कार्य गर्दै आईरहेको छ । जसका लागि महिला संजाल, युवा समुहहरु गठन र परिचालन गरि उनिहरुलाई संगठित र सचेत गराउदै आई रहेको जानकारी गराउन चाहन्छु । महिलाहरुलाई कानुनी सशक्तिकरण गर्दै राज्यको औपचारिक कानुनी संरचनाहरुमा उनिहरुको पहुँच अभिवृद्धि गर्ने र राज्यबाट पाउने स्रोतहरुमा महिलाको पहुँच अभिवृद्धि गर्दै महिला माथि हुने हिंसा र विभेद अन्त्यका लागी पहल गर्दै आई रहेको छ । विशेष गरेर लैगिंक ,न्याय र बलात्कार विरुद्धको सम्बन्धी कानुनका बारेमा सचेत गर्दै महिला हिंसाका घटनाको सत्य तथ्य पत्ता लागाउने ,केश ब्यावस्थापन गर्ने अभिलेखिकरण गर्ने र हिंसा प्रभावित महिलाहरुलाई निशुल्क कानुनी साहयता दिदै न्यायमा पहुँच अभिवृद्धि गर्नका लागि पहल गर्दै आई रहेको छ । सबै सरोकारवाला निकायहरु संग संस्था सधै समन्वय र सहकार्य गर्दै हेरक अभियानमा संलग्न हुदै आई रहेको छ । महिलाका समस्या एवं सवाल उठान तथा तिनको न्यायोचित सम्बोधन महिलाहरुको प्रयासले मात्र संभव नभएको ठहर गर्दै पुरुष र युवाहरुलाई पनि संगठित र परिचालन गर्दै आएको छ । म्ध्च्ँ नेपालले संचालन गरेको यो अभियानमा विद्यालय र कलेजहरुबाट युवा र शिक्षकहरु उल्लेखनीय सहयोग पाएको छ । म्ध्च्ँ नेपाल को एक्लो प्रयासबाट मात्र यो अभियान सफल हुन नसक्ने भएकोले हामी सबै पक्षको सहयोग र सहकार्यको अपेक्षा गर्दछौ ।

अन्त्यमा उपयुक्त सामाग्री संकलन गरि यो बार्षिक पुस्तिका प्रकासनका लागी सक्रिय रुपमा कार्य गर्नु भएका यस संस्थाका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक सावित्रा घिमिरे ,लेखा अधिकृत संगिता वि.क र फिल्डका कर्मचारी लाई धन्यबाद दिन चाहन्छु , साथै प्रत्यक्ष र अप्रत्क्ष रुपमा सहयोग गर्ने सम्पुर्ण सरोकारवालाहरुलाई पनि धन्यवाद दिन चाहन्छु । यो प्रकासन आफैमा पुर्ण नहुन सक्छ , पढेर सबै पाठक बर्गले आफ्नो राय सुझाव सल्लाह दिई सहयोग गर्नु हुनेछ भने अपेक्षा गर्दछु ,

 

सावित्रा घिमिरे
कार्यकारी निर्देशक