Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

स्थानी स्तरमा सरकारी सेवा सुविधामा महिला,दलित तथा सिमान्तकृत समुदायको पहुँच विषयक अन्तरक्रिया

  December 27, 2017

कैलाली,पौष १२

ओपन सोसाईटी फाउण्डेसन (OSF)को आर्थिक सहयोग तथा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित कानुनी सशक्तिकरण गर्दै महिलाको न्यायमा पहुंच कार्यक्रम अन्तरगत स्थानी स्तरमा सरकारी सेवा सुविधामा महिला,दलित तथा सिमान्तकृत समुदायको पहुँच विषयक अन्तरक्रिया कार्यक्रम गोदावरी नगरपालिका ९ बल्मीमा सम्पन्न गरिएकोछ । उक्त समुदायका लागि स्थानीय स्तरको वडाकार्यालयमा उनीहरुको पहुच के कस्तो छ र लक्षित वर्गमुखी बजेट तर्जुमा के कसरी गरिएको छ, भन्ने उदेश्यले मिती २०७४ मंसिर २८ गतेका दिन सो क्षेत्रका वडाध्यक्ष लहानु चौधरीको उपस्थितीमा सम्पन्न गरिएको हो ।

यस्तै गोदावरी नगरपालिकाकै वडा नम्बर १२ कोलमुडामा पनि उक्त कार्यक्रमको आयोजना गरिएको थियो । सो क्षेत्रका वडाध्यक्ष भिम खडकाको उपस्थितीमा र सोही नगरपालिकाको गोदावरी ११ ओलानीमा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा महिलाहरुले सरकारी सेवा सुविधा कुनै निकायबाट सहज नपाएको बताएका थिए । श्री राष्ठिय मावि बल्मीमा भएको कार्यक्रममा विद्यालयले समेत मनोमानी गरिरहेको दलित छात्रछात्राले पाउने छात्रवृती पाउने सहज वातावरण नभएको बताएका थिए । उक्त विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष कालु जोशीले छात्रवृति पाउने सिमित समय तोकेको र सोही समय भित्र लिन नसके विद्यालय व्यवस्थापनका लागि खर्च गरिने गरेको बताए । सो कार्यक्रममा विद्यार्थिले पाउने सेवा जूनसुकै बेला पनि लिन पाउने जानकारी पाएपछि अध्यक्ष जोशीले रोकिएको छात्रवृति दिने बताए ।
यस्तै कोलमुडाका महिलाहरुले महिला,दलित महिला तथा समुदायका नाममा बजेट आउछ  भन्ने कुराको बारेमा कुनै जानकारी नभएको बताएका थिए ।