Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

सार्वजनिक सुनुवाई सम्पन्न

  December 18, 2018

पुष १
गौरीगंगा नगरपालिकाका वासिन्दाले आफूहरुले स्थानीय तहबाट भौतिक सुविधा नपाएको गुनासो गरेका छन । निर्वाचनका बेला बाटोघाटो,विजुलिबत्ति,पुल स्वास्थ्य संस्था स्वरोजगार वनाउने लगायत बनाईदिन्छु भनि बाचा गरेको तर हाल सम्म पनि नपाएको गुनासो गरेका हुन । नगरको वडा नं दश र एघारका स्थानीयले महिला,दलित,तथा सिमान्तकृत समुदायका सवाल तथा नग।पालिकाका कार्यक्रम र उपलब्धिहरु विषयक सार्वजनिक सुनुवाईमा यस्तो बताएका थिए । कार्यक्रममा मेयर भिम देउवाले विकासका कामहरु भईरहेको र केही ठेकेदारका कारण काम प्रभावित भएको प्रष्टयाएका थिए । उनले पछाडि पारिएका समुदायक लागी समावेशी कार्यक्रम ल्याएको बताएका छन ।
गौरीगंगा नगरपालिकामा महिला हिंसा सम्बधि घटना तथा बालविवाह बढी मात्रामा भएको तर हिंसामा परेका महिलाहरु खुलेर न्यायिक समितीमा नआएको उपमेयर अन्चला चौधरीले बताएकी छन । उक्त नगरपालिकामा ५८ प्रतिशत बाल विवाह भएको पनि जानकारी दिएकी छन ।
ीडसिएको आर्थिक सहयोग तथा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित उक्त कर्यक्रममा गौरीगंगा नगरपालिका मेयर भिम देउवा,उपमेयर चन्चला चौधरी, वडा नम्वर १० र ११ का वडाध्यक्ष तथा स्थानीयहरु ल्गायत दलित महिला अधिकार मंचकी कार्यकारी निर्देशक साबित्रा घिमीरे लगायतको सहभागिता रहेको थियो भने दिनेश एफबाट प्रसारित सार्बजनिक सुनुवाई कार्यक्रमको संचालन पत्रकार सिताराम ओझाले गरेका थिए ।