Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

सामुहिक योजना ल्याए प्राथमिकतामा राखिने

  April 12, 2019

चैत २९

लक्षित वर्गका कार्यक्रममा सामुहिक योजना ल्याए प्राथमिकरणका आधारमा राख्ने गौरीगंगा नगर उपप्रमुख अञ्चला चौधरीले बताएकी छन । विहिबार दलित महिला अधिकार मंचद्धारा आयोजित गौरीगंगा नगरपालिका संग समन्वय तथा सहकार्य बैठकमा उप्रमुखले यस्तो बताएकी हुन । हिंसा पिडित महिलाहरुसंग कूनै सीप भए आर्थिक सहयोग समेत गरेको बताएकीछन भने महिला संग उपप्रमुख कार्यक्रम अन्तरगत महिलाई व्यवसायिक बनाउने उदेश्यले महिला शसत्तिकरण कार्यक्रम ल्याएको पनि बताएकी छन । उक्त कार्यक्रममा वडा १० का वडाध्यक्ष पदम ऐरले लक्षित वर्गका लागी भनेर बाख्रा वितरण ग¥यौ फोन गरेर बाख्रा विरामी भयो भन्दै काटेर खाए ,जसले गर्दा प्रभावकारी रुपमा व्यवसायिक बन्न नसेको बताए । वडामा उक्त वर्गका लागी आवश्यकता अनुसार बजेट छुटयाएको र आगामी योजनामा पनि कार्यक्रम ल्याउने छौ यसमा संस्थाले पनि सहयोग गर्नुपर्ने बताए । त्यस्तै प्रशासकीय प्रमुख हरिस पन्तले द्धन्द्धपिडित बालबालिका,दलित छात्रवृत्ति, शैक्षिक सामाग्री वितरण लगायत बालविकासका लागी निकासा गर्ने गरेको बताए । महिलाको स्थानीय निकायमा पहुच नभएकाले लक्षित वर्गमुखी कार्यक्रम कहां आउछ जान्छ थाहै नभएको बताईन । उनले आगामी आर्थिक वर्षमा महिला संग सम्बन्धित महिला तथा लक्षित बर्गमुखी कार्यक्रम ल्याउनु पर्ने बताएकी छन । त्यस्तै पारालिगल सदस्य सुमन सिलाधरले बजेट तथा योजना मनोमानी ढङ्गगले बाढ्ने गरेको बताएकी छन । गौरीगंगा नगरपालिकामा ओएसएफको आर्थिक सहयोग तथा दलित महिला अधिकार मंच नेपालको आयोजनामा भएको कार्यक्रमको सभाध्यक्ष परियोजना संयोजक रोसा थापा रहेकी थिईन भने अथिती उपमेयर अञ्चला चौधरी,वडाध्यक्ष जगतराम चौधरी, पदम ऐर लगायत जनप्रतिनीहरु, कार्यपालिका सदस्यहरु न्यायिक समितीका सदस्य , पारालिगल तथा स्थानीय महिलाको सहभागीता गरी ३९ जनाको सहभागिता रहेको कार्यक्रमको संचालन कार्यक्रम अधिकृत निर्मला विसीले गरेकी थिईन।