Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

युवा दिवसका अवसरमा सडक नाटक प्रर्दशन

  August 12, 2019

साउन २७,कैलाली
महिला माथि हुने हिंसा तथा बाल विवाह अन्त्य सम्बन्धि जनचेतनामूलक सडक नाटक गौरीगंगा नगरपालिकाको बनवेहडामा आज प्रर्दशन गरिएको छ । सान्दर्भिक समानतामूलक र समाबेशी शिक्षाका लागि युवा भन्ने मूल नाराका साथ २० औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सो नाटक प्रर्दशन गरिएको हो । ओएसएफको आर्थिक सहयोग तथा दलित महिला अधिकार मंच नेपालद्धारा आयोजना गरिएको उक्त सडक नाटक बाल विवाह अन्त्य सम्बन्धि जनचेनता दिने उदेश्यले प्रर्दशन गरिएको थियो । भने गौरीगंगा ६ बनबेहडाको श्री अमर माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थि तथा स्थानीयको उपस्थिती रहेको थियो ।

साथै दिवसकै अवसर पारेर गौरीगंगा १० उदासीपुरमा युवा , विद्यार्थि तथा जनप्रतिनीहरु संग बैदेशिक रोजगार, बालबिवाह,लागूऔषध,युवाको अवस्था नीती तथा कार्यक्रम र युवाका लागि बजेटका विषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियो । आगामी आर्थिक वर्षमा युवाका लागि बजेट तथा कार्यक्रम ल्याउने वडा सदस्य गौरीलाल चौधरीले बताउनुभयो ।