Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

महिला हिंसा समाधानका लागी प्रहरी संग संवाद कार्यक्रम सम्पन्न

  September 10, 2017

 

कैलाली,भदौ २०
महिला हिंसा विरुद्धका घटना प्रति ईलाका प्रहरी कार्यालय मसुरियाले सहजै सेवा दिईरहेको एक कार्यक्रममा प्रहरीले बताएका छन । मंगलबार गौरीगां नगरपालिका मसुरियामा दलित महिला अधिकार मंच द्धारा आयोजित महिला हिंसा समाधानका लागि प्रहरी संग संवाद कार्यक्रममा प्रहरीले बताएका हुन । तर ईलाका प्रहरीबाट पाउने सेवा पाईरहेको भएपनि पिडितले चित्त बुझदो न्याय पाउन नसकेको सहभागिहरुले गुनासो गरेका थिए । महिला माथि हुने हिसां समाधानका लागि आगामी दिनमा पनि आफू लागिहरहने ईलाका प्रहरी कार्यालय प्रमुख मदनराज जाशीले बताउनभयो । दलित महिला अधिकार मंच नेपालकी अध्यक्ष तथा सो कार्यक्रमकी सभापति विमला बगालेले संस्थाले महिला हिंसा विरुद्ध काम गर्दै आईरहेको अवगत गराउदै हिसां विरुद्ध सबैले आ–आफनो ठाउबाट लाग्नुपर्ने बताउनुभएको  छ । उक्त संवाद कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।