Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

मतदाता शिक्षा अभियान सम्पन्न

  December 5, 2017

धनगढी, १८ मंसिर । दलित महिला अधिकार मञ्च नेपालले मंसिर १४ गतेदेखि शुरु गरेको मतदाता शिक्षा अभिायन सम्पन्न गरेको छ ।

 

 

कैलारी गाउँपालिकाको उदासीपुर, बसैटी र हसुलियामा सञ्चालन गरेको सो अभियानमा १ सय ९५ जना सहभागि भएको कार्यक्रम संयोजक रोशा थापाले जानकारी दिईन् । उनले उदासीपुरमा ६० जना, बसौटीमा ८५ जना र हसुलियामा ५० जनाको सहभागितामा मतदाता शिक्षा सञ्चालन गरेको बताए ।

मतदाता शिक्षा कार्याक्रममा सहभागि भएका स्थानीयहरु भोट माग्न आउने नेताहरुले आफ्नो पार्टीको चिन्हमा मत हालने शिक्षा दिएर जाने गरेको बताए ।

महिला र ज्येष्ठ नागरीकहरु मात्रै होईन युवा र शिक्षित व्यक्तिहरुसम्म पनि मत हाल्ने तरिका नपुगेकोले सो अभियान सञ्चालन गरेको मञ्चका कार्यकारी निर्देशक सावित्रा घिमिरेले बताईन् । गत असारमा भएको स्थानीय तहको निर्वाचनमा पनि कैलालीमा मात्रै ५ प्रतिशत भन्दा वढी मत वदर भएको थियो । त्यो निर्वाचन पछि ६० हजार मतदाता थपीएका छन् ।