Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

तीन दिने कार्यशाला गोष्ठि सम्पन्न

  August 14, 2019


साउन २९
स्थानीय तहमा बनेका नीति तथा कानुन सम्बन्धि पुर्नताजगीय सम्बन्धि ३ दिने कार्यशाला गोष्ठि मंगलबार धनगढीमा सम्पन्न गरिएको छ । डिसिएको आर्थिक सहयोगमा दलित महिला अधिकार मंच नेपालद्धारा आयोजना गरिएको सो गोष्ठि सम्पन्न गरिएको हो । उक्त गोष्ठि विषयगत समितीको काम कर्तव्य र अधिकारका बिषयमा विषयगत समितीलाई जानकारी दिने उदेश्यले आयोजना गरिएको संस्थाकी अध्यक्ष सावित्रा घिमिरेले जानकारी दिनुभयो ।  गोष्ठिमा विषयगत समितीले दलित, महिला तथा सिमान्तकृत समुदायका लागि आगामी वर्षमा योजना तथा कार्यक्रमहरु प्राथमिकीकरण गरी ल्याउने बताएका थिए । स्थानीय सरकारले जनतालाई दिने सेवासुविधा प्रवाहमा सहज हुने कार्यक्रममा उपस्थित जनप्रतिनीहरुले बताएका थिए । सो गोष्ठिमा विषयगत समितीका काम कर्तव्य र अधिकार, रणनीती योजना, नीती तथा कार्यक्रमहरुका बारेमा छलफल गरिएको थियो । साउन २६ देखि २८ गते सम्म संचालन गरिएको उक्त गोष्ठिमा गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका विषयगत समिती मध्ये आर्थिक बिकास समिती, सुशासन तथा क्षमता अभिवृद्धि समिती र सामाजिक बिकास समितीका सदस्य गरी ३० जनाको सहभागिता रहेको थियो । भने गोष्ठिको सहजीकरण अधिवक्ता पूष्प बिक्रम शाहीले गर्नुभएको थियो ।