Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

कुनै पनि महिलाहरु अधिकारबाट बञ्चित रहनु हुँदैन : उपप्रमुख कडायत

  March 13, 2019

 

अत्तरिया कैलाली
कैलालीको गोदावरी नगरपालिकामा पारालिगल समितिका सदस्यहरुको लागि दक्षता अभिबृद्धि मूलक ३ दिने तालिम आज सम्पन्न भएको छ । उक्त सम्पन्न कार्यक्रमको सभापतित्व कैलाली दलित महिला अधिकार मञ्चकी संस्थापक तथा निर्देशिका सविता घिमिरेले गरेकी थिईन । उक्त कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले गरेकी थिईन ।

 

यस ३ दिने तालिममा गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिका गरी २४ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षण न्याय अधिवक्ता पुष्प विक्रम शाहले गरेका थिए ।

उक्त ३ दिने तालिमको समापन कार्यक्रमको प्रमुख अथिति रहेकी नगर उप प्रमुख रत्ना कडायतले नगरपालिका भित्र तथा देशका दुरदराजका महिलाहरुको हक अधिकार र न्यायका निम्ती हामी कुनै कसुर बाकी राख्ने छैनौ, महिलाहरुको साथको लागि हामी सदा स्रवदा हातेमालो गर्न तत्पर रहेको जानकारी गरिन ।

उक्त तालिम दलित अधिकार मञ्चको आयोजनामा भएको हो । सो तालिमको ओएएफ को सहयोगमा संचालन गरिएको थियो साथै उक्त सम्पन्न कार्यक्रमको संचालिका निर्मला विशीले गरेकी थिईन ।

 सुदुर खबर डटकमबाट साभार