Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

कुखुरा पालनमा महिला उत्साहित

  November 28, 2017

 

कैलारी गाउँपालिका वडा नं. १ दलित तथा पछाडी परेका महिलाहरु कुखुरा पालनमा उत्साहित भएकाछन् ।

दलित महिला अधिकार मञ्च कैलालीले दलित, महिला तथा पछाडी परेको वर्गलाई आर्थिक जिविकोपार्जनकोलागि गाउँ पालिकामा समुह बनाएर कुखुरा पालन गर्न सहयोग गरेको छ । सो सहयोगले नमुना महिला विकास समुहका ९ घरधुरीका महिलाहरु उत्साहित भएर कुखुरा पालिरहेको मञ्चका सामाजिक परिचालक जनक भूलले बताए ।

उनले समुहबाट ९ जनालाई छनौट गरि प्रति घरधुरी २२ वटा कुखुरा गिफ्टको रुपमा दिएको बताए । उनले प्रत्येक घरधुरीलाई कुखुरा स्याहार्ने तरिका औषधी उपचारबारे जानकारी दिदै समय समयमा कुखुराको अवलोकन गर्दै आएको बताए ।

कुखुरा पाल्दै आएका कैलारी गाउँपालिका वडा नं. १ हरिनगरका अनिता चौधरीले कुखुरालाई आफ्नो बच्चा स्याहारे जस्तै पालिरहेको जानकारी दिईन् । उनले संस्थाले आफूलाई २२ वटा कुखुरा दिएको जानकारी दिदै यसबाट आम्दानी भए अर्को वर्षमा व्यवसायिकरुपले कुखुरा पालन गर्ने बताईन् ।

 

‘संस्थाले शुरुमा कुखुरासंगै दाना पनि उपलब्ध गराएको थियो तर अहिले हामी तालिममा पाएको जानकारी जस्तै मकै, गहुँ, धान र सागको सानो सानो टुक्र बनाएर दाना बनाई कुखुरा पाल्दै आएका छौं ।’

उनले आफूले पाएको २२ वटा कुखुरा केही महिनामै २ केजी भन्दा माथि तौल भएकोले आफू खुशी भएको बताईन् । चौधरीले पाँच महिनामा ८÷१० केजी बनाउने लक्ष्ये बोकेर पाल्दै आएको बताउदै कुखुराबाट आएको पैसा घर खर्च, छोरा छोरीको स्कुल खर्चमा जोहो गर्ने बताईन् ।
त्यसै गरी नमुना महिला विकास समुहका रत्न विक पनि संस्थाबाट कुखुरा पाउँदा खुशी भएको बताईन् ।

उनले पाल्दै आएको कुखुरामा एउटा कुखरालाई प्यारालाईसिस भएकोले आफू एकदमै दुखी भएको बताईन् । उनले कुखुराको उपचारको लागि भेटनरीसंग सल्लाह लिएर औधषी दिईरहेको बताउदै हुर्काएर ठूलो भएको कुखुरा विरामी हुदा आफू चिन्तित भएको बताईन् ।

त्यसै गरि सोही समुहका राजेश्वरी विकले रोजगारी नभएको बेला संस्थाले कुखुरा अनुदान दिदा आफू काममा व्यस्त बन्दै गएको जानकारी दिईन् ।

 

उनले विहान घाम लाग्ने वित्तिकै कुखुरालाई खोर भन्दा बाहिर निकालेर बाहिरी वातावरणमा घुलमेल गराउने गरेको बताईन् । उनले कुखुरा पाल्न केही गाह्रो नभए पनि दानाको समस्याले कुनै बेला गाह्रो हुने बताईन् । उनले उन्नत जातको कुखुरा भएपनि बाहिरी वातावरणमा घुलमेल गराए लोकल कुखुराको जस्तै बन्ने भएकोले हरेक दिन विहान खोरबाट बाहिरा निकाल्ने गरेको बताईन् ।

त्यसै गरि कैलारी गाउँपालिका वडा नं. २ का विहानी समुहका मीना चौधरी पनि कुखुरा पाल्न पाउदा उत्साहित भएको बताईन् । उनले अहिले २२ वटा मात्र कुखुरा पाले पनि पछि गएर व्यवासाहिकरुपले पाल्ने योजना रहेको जानकारी दिदै कुखुरा पालनबाट धेरै फाईदा रहेको बताईन् ।

उनले केही दिनमै कुखुरा बजारमा विक्रि हुने बताउदै कुखुराको मलले अहिले हरियो तरकारी पनि राम्रो भएको बताईन् ।

उनले यो कुखुरा बेचेर आफू आर्थिकरुपले सक्षम बन्न सक्ने सम्भावना धेरै रहेको बताउदै आफूसंग पैसा भए अरु काम गर्ने योजना बनाउन सकिने बताए ।

त्यसै गरी विहानी समुहका राजु रैकाल कुखुरा पालेर आफू आर्थिकरुपले सवल बने गाउँमा अरु महिला पनि सानो तिनो व्यवसायी गर्न उत्साहित हुने बताईन् ।

महिला शसक्तिकरण कार्यक्रम अन्तर्गत महिलाहरुको आर्थिक अवस्थामा सुधारकोलागि आधारभूत कुखुरा पालन व्यवसायी कार्यक्रम सञ्चालन गरेको कार्यक्रम संयोजक रोशाले बताईन् ।

उनले कुखुरा पालिरहेका महिलाहरुले कुखुरा पालनबाट आएको मुनाफाबाट केही प्रतिशत आफ्नो समुहमा बचत गर्नुपर्ने र त्यो वचतले पुन समुहका अरु महिलाहरुलाई कुखुरा पालनमा सहयोग गर्न लगानी गरी निरन्तरता दिने बताईन् ।