Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

एक हजार भन्दा बढीको नागरिकता छैन

  January 6, 2019

पुष २२

गौरीगंगा ७ अन्डयाका धेरै जसोे स्थानीयले नागरिकता,अपागंता परिचयपत्र नहुदा आफूहरुले सरकारी सेवा सुविधाबाट बञ्ति भएको बताएका छन । शुक्रबार,यका को आर्थिक सहयोग तथा दलित महिला अधिकार मंचद्धारा संचालित न्यायिक समितीसंगको समन्वयमा समुदाय स्तरिय अन्तरक्रिया कार्यक्रममा यस्ता बताएका हुन । कार्यक्रममा सहभागिहरु मध्येमा सबैभन्दा बढी दलित समुदायका महिलाहरुको नभएको पाईएको छ । आधा उमेर कटिसको,अविभावक नभएका,बसाईृसराई नभएका,र आधा उमेर ढल्किसकेका महिलाहरुले नागरिकता पाएका छैनन । नागरिकता नहुदा बृद्ध भक्ता,अपागं भक्ता दलित बालबालिकाको भक्ता लगायतका अन्य सेवाबाट समेत बञ्चित सहभागिहरुले गुनासो पोखेका थिए । अन्डयामा मात्रै करिव एक हजार जतिको नागरिकता नभएको सोही वडाका वडाध्यक्ष जङ्ग बहादुर विकले बताउनुभयो । उहांले नागरिकता विषयमा मुचुल्का उठाएर पनि बनाउने र आफूले गर्न सक्ने सहयोग गर्ने समेत बताउनुभएको थियो । सोही कार्यक्रममा न्यायिक समितीका सदस्य अमृता विकले पिडितहरुको थप सेवाका लागि वडामा तीन सदस्ययी मेलमिलाप समिती गठन गर्ने जानकारी दिनुभयो । त्यस्तै समितीकै सदस्य गोमा भण्डारीले राजनीती गर्ने महिलाहरु नै हिंसामा परेका छन । समितीमा परेका उजुरीमा सर्बप्रथम मेलमिलाप गराईन्छ नमिल्ने अवस्थामा जिल्लामा पठाईन्छ । पिडितको पक्षमा रहेर काम गर्ने गरेको बताउनुभयो । दलित महिला अधिकार मंचकी कार्यक्रम अधिकृत निर्मला विसीको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष,न्यायिक समितीका सदस्यहरु,दलित महिला सदस्य पार्वति विक लगायत ६६ जनाको सहभागिता रहेको थियो । भने कायक्रमको संचालन सामाजिक परिचालक टिकाराम जैगडीले गर्नुभएको थियो ।