Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

अन्तरक्रिया कार्यक्रम सम्पन्न

  January 25, 2019

माघ ११

स्थानीय महिलाको न्यायमा पहुच अभिवृद्धि गर्न समुदाय स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गौरीगंगा नगरपालिकाको वडा नम्बर १ चौमाला र गोदावरी नगरपालिकाको वडा नम्बर ११ मा समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा गंरी र्गंगाका वडा नम्बर १,२ र ३ त्यसैगरी गोदावरी नगरपालिकाका ओलानीमा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १०,११,र १२ का स्थानीय महिलाको सहभागिता रहेको थियो । सो कार्यक्रम ओएसएफको आर्थिक सहयोग तथा दलित महिला अधिकार मंच नेपालद्धारा गौरी गंगामा भएको कार्यक्रमका अन्तरक्रिया कार्यक्रममा वडाध्यक्ष जगत राम चौधरी, न्यायिक समिती सदस्य गोमा भण्डारी,अमृता विर्क ,कार्यपालिका सदस्य मनमति बुढा वडा सदस्य तेज बहादुर रानामगर, वडा सदस्य खीमा विश्वकर्मा लगायतको उपसिथी रहेको थियो ।

 

त्यसैगरी गोदावरी नगरपालिका ११ ओलानीमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा वडा नम्बर ११ का वडाध्यक्ष शिब बहादुर विक वडा नम्बर १२ का वडाध्यक्ष भिम बहादुर खडका,न्यायिक समिती सदस्य कर्ण बहादुर बोहरा लगायत स्थानीय महिला गरी ८० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा महिलाहरुले आफूले भागेका समस्या बताएका थिए । गोदावरी नगरपालिकामा बाल विवाहका घटनाहरु बढी मात्रामा हुने गरेको वडाध्यक्ष भिम खडकाले बताए । वडा कार्यालयका कर्मचारीले दुख दिने गरेको सहभागि महिलाहरुले बताएका थिए । कर्मचारीले गर्ने गरेको व्यवहार सुधार गर्न उनीहरुलाई चेतावनी दिने र आगामी दिनमा सेवाग्राहीलाई सेवा सहजै प्रदान गर्न सकिने ११ र १२ नम्बर वडाका वडाध्यक्ष भिम खडका र शिव बिकले बताए । सो कार्यक्रममा गोदावरी नगरपालिकाका न्यायिक समिती सदस्य कर्ण बोहराले घरेलु हिंसाका घटना एकदमै न्युन मात्रामा आउने गरेको बताए । बोहराले पिडितलाई न्याय दिने पक्षमा आफू सकारात्मक रहेको बताए भने आफनो काम, कर्तव्य ,अधिकारका र अनुसन्धान प्रक्रियाका विषयको समेत जानकारी दिए ।