Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

अन्तरक्रिया कार्यक्रम सम्पन्न

  January 9, 2019

पौष २५
गोदावरी नगरपालिका ७ हरैयामा न्यायिक समिती संगको समन्वयमा समुदाय स्तरिय कार्यक्रम सम्पन्न भएको छ । ओएसएफको आर्थिक सहयोग तथा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित कार्यक्रम जनप्रतिनीधि, न्यायिक समितीका सदस्यहरु पारालिगल,तथा टेकुलाका स्थानीय महिलाको सहभागितामा मंगलवार सम्पन्न भएको हो । उक्त कार्यक्रममा टेकुलाका स्थानीयहरुले आफूहरु जङ्गल नजिक र दुर्गम ठाउमा रहेकाले स्थानीय सेवासुविधा लिन कठिन भएको बताएका थिए । यसभन्दा केही महिना अघि नागरिकता सिविर संचालन गरेर नागरिकता भने पाएको बताएका थिए भने केहीले अझै नपाएको समेत बताएका थिए । ेटेकुला कै स्थानीय ३६ वर्षिया पदमा नेपालिको आमाबुवाको नागरिकता छैन मृत्यु समेत भईसकेको बताएपनि आमाबुवाकको नागरिककता अनिवार्य ल्याउनुपर्छ भन्दै वडाले फिर्ता पठाएको वताईन । सो क्षेत्रमा सबैभन्दा बढी दलित समुदाय भएको र बाटोघाटो खानेपानि लगायतका समस्या रहेको सहभागिले बताएका थिए । यति मात्र नभई घरेलु हिंसाबाट समेत पिडित भएको तर घरपरिवार निकालिने डर,अनि थप हिंसामा परिन्छ भन्ने डरले न्यायका लागि समितीमा जान नमानेको पारालिगल कि संयोजक कौसिला विकले बताईन । वडाअध्यक्ष हेमराज ओझाले यस आर्थिक वर्षमा वडाको कुल बजेटमा ८० हजार मात्र महिलाका नाममा छुट्याएको बताए । ओझाले माग अनुसार कार्यक्रम गर्छौ नआए छुटयाउने नगरेको समेत बताएका थिए । उनले पहिलो प्राथमिकता भौतिक बिकास भएकाले भौतिक विकासमा बजेट जाने गरेको बताए । यस्तै न्याय सम्पादनका सम्बन्धमा न्यायिक समितीका सदस्य कर्ण बहादुर बोहराले आफनो अधिकार क्षेत्र भित्रका उजुरीहरु दूबै पक्षलाई राखेर निष्पक्ष रुपमा पिडितको पक्षमा निर्णय गर्ने गरेको बताए । हाल सम्म गोदावरी नगरपालिकामा १ सय ५ मुद्धा परेकोमा सबैभन्दा बढी जग्गा विवाद त्यसपछि घरेलु हिंसाका उजुरी परेको बताए । उक्त नगरपालिका भित्र महिला हिंसाका घटनाहरु धेरै मात्रामा हुने गरेका छन तर न्यायिक समितीमा भने न्युन मात्रामा आउने गरेको जोशीले बताए । साथै न्याय दिने पक्षमा पक्षपात रहित निर्णय गर्ने गरेको र हाल सम्म कुनै गुनासो नआएको बताए । दलित महिला अधिकार मंच नेपालकी कार्यक्रम अधिकृत निर्मला विसीको अध्यक्षतामा भएको कार्यक्रममा सोही वडाका अध्यक्ष हेमराज ओझा,वडा नम्बर १२ का अध्यक्ष भिम बहादुर खडका,न्यायिक समिती सदस्य कृष्णराज जोशी र कर्ण सिं बोहरा वडा सदस्यहरु अतिथी रहेका थिए भने टेकुलाका स्थानीय महिला गरी जम्मा ६३ जनाको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो ।