Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

अर्धवार्षिक समिक्षा बैठक सम्पन्न

  August 5, 2019

साउन २०

दलित महिला अधिकार मंच नेपालको आयोजनामा आईतबार अर्धवार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । संस्थाद्धारा संचालित सम्पूर्ण परियोजनाको प्रगति विवरणको समिक्षा तथा गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको हो । संस्थामा संचालित परियोजाहरु महिला शसक्तिकरण, स्थानीय निकायलाई जवाफदेही बनाउदै महिलाको न्यायमा पहँुच अभिवृद्धि, किशोरि शसक्तिकरण, न्यायमा महिलाको पहुँच परियोजनाका क्रियाकलाप तथा उपलब्धिहरु, चूनौती तथा सिकाईका बारेमा कार्यसमितीलाई जानकारी गराईएको थियो । उक्त बैठकमा परियोजनाको प्रगति विवरणका बारेमा कर्मचारीहरुले प्रस्तुत गरेका थिए । सो कार्यक्रम संस्थाकी अध्यक्ष सावित्रा घिमिरेको अध्यक्षता भएको कार्यक्रमको संचालन कार्यक्रम संयोजक रोसा थापाले गरेकी थिईन भने कार्यक्रममा कार्यसमितीका पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।