Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

अति विपन्न समुदायलाई जिविकोपार्जनको लागि आर्थिक सहयोग

  May 24, 2019
धनगढी, १० जेठ । दलित महिला अधिकार मञ्च नेपालले अति विपन्न समुदायलाई जिविकोपार्जनको लागि २४ जनालाई अर्थिक सहयोग गरेको छ । कैलालीको गौरीगंगा नगरपालिकाका १० जना र कैलारी गाउँपालिका १४ जना गरि २४ जनालाई रकम १५ हजार ३ सयका दरले तीन लाख ६७ हजार दुईसय रुपैया सहयोग गरेको हो ।

व्यवसायीक योजना निर्माण सम्बन्धी चार दिने गोष्ठीको समापनमा मञ्चका अध्यक्ष सावित्रा घिमिरेले रकम हस्तान्तरण गरेका थिए । उनले रकम हस्तान्तरण गर्दै मञ्चले विगत दुईवर्ष अगाडीदेखि नै सो क्षेत्रमा वकालतको काम गर्दै आएको र अति विपन्नलाई जिविकोपार्जनकोलागि कुखुरा पालन बाख्रा पालनमा सहयोग गर्दै आईरहेको पनि बताए ।

उनले समुदायलाई वकालतसंगै व्यवसायीमा थप उत्प्रेणा मिलोस् भनेर पहिलैदेखि सानो व्यवसायी गर्दै आईरहेकालाई केही सहयोग होस् भन्ने उदेश्यले सो रकम दिएको बताए ।

त्यसैगरी मञ्चका कार्यक्रम संयोजक रोशा थाप समुदायलाई आर्थिकरुपमा आत्म निर्भर बनाउन दिगोपार्जनकोलागि सहजता होस् भन्ने उदेश्यले आर्थिक सहयोग गरेको बताए । कार्यक्रममा सहभागी बलबहादुर सार्की, लक्ष्मी भूलले तालिममा सिकेका कुरा सेयरिंग गरेका थिए ।

केर्नी न्युजबाट साभार